बैठक अवलोकन
प्रतिनिधि सभा २०८२ को दोस्रो पूर्ण अधिवेशन हाल सभामुख सम्माननीय सभामुख डोल प्रसाद अर्याल को अध्यक्षतामा जारी छ। बैठक २०८३ आश्विन १६ मा सुरु भएको हो; योजना अनुसार अवधि ६ घण्टा हो। २७५ मध्ये २२० उपस्थित
- सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित माननीय मन्त्रीहरूबाट टेबुल गरिने।
वार्षिक प्रतिवेदन पेस
- सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३" पेस गर्नुहुने।
व्यवस्थापन कार्य
- सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले "फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले "महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले:-
- “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:-
- "राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- "संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, 2083 लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
अनुपस्थितिको सूचना
- सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्नुहुने।
राष्ट्रपतिको पत्र
- सम्माननीय सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनु हुने।
भिडियो
छलफलमा सहभागी सदस्यहरू
छलफलमा सहभागी सदस्यहरू अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
प्रतिनिधि सभा बैठक ६८ · २०८३ आश्विन १६ · बिहान ११:०० देखि साँझ ५:०० सम्म
आजको उपस्थिति
८०%
सदस्य उपस्थित
कुल २७५ सदस्यमध्ये २२० जना बैठकमा उपस्थित थिए र ५५ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२७५
उपस्थित
२२० (८०%)
अनुपस्थित
५५ (२०%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१८२
उपस्थित
१५६
अनुपस्थित
२६
प्रतिशत
८६%
नेपाली काँग्रेस
कुल सदस्य
३८
उपस्थित
२०
अनुपस्थित
१८
प्रतिशत
५३%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२५
उपस्थित
२३
अनुपस्थित
२
प्रतिशत
९२%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१७
उपस्थित
१२
अनुपस्थित
५
प्रतिशत
७१%
श्रम संस्कृति पार्टी
कुल सदस्य
७
उपस्थित
४
अनुपस्थित
३
प्रतिशत
५७%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
५
उपस्थित
४
अनुपस्थित
१
प्रतिशत
८०%
स्वतन्त्र
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%