प्रतिनिधि सभा २०८२ को दोस्रो पूर्ण अधिवेशन २०८३ आश्विन १५ मा सभामुख सम्माननीय सभामुख डोल प्रसाद अर्याल को अध्यक्षतामा सुरु भई ५ घण्टा सम्म संचालन भयो। २७५ मध्ये २०१ उपस्थित
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३" पेस गर्नुहुने।
राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति हरि ढकालले "संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, 2083" पेस गर्नुहुने।
माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले:-
- “कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
शोक प्रस्ताव
सम्माननीय सभामुखले पूर्वसदस्य घनेन्द्र बस्नेतको निधनमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्नुहुने :-
“नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट वि.सं. 20४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सङ्खुवासभा क्षेत्र नं २ र वि.सं. 2०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोजपुर क्षेत्र नं १ निर्वाचित सदस्य एवम् प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका घनेन्द्र बस्नेतको ७४ वर्षको उमेरमा मिति २०८३ साल असोज 1४ गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलीसहित शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।”
छलफलमा सहभागी सदस्यहरू अहिले उपलब्ध छैन
प्रतिनिधि सभा बैठक ६७ · २०८३ आश्विन १५ · बिहान ११:२० देखि साँझ ४:२० सम्म
आजको उपस्थिति
कुल २७५ सदस्यमध्ये २०१ जना बैठकमा उपस्थित थिए र ७४ जना अनुपस्थित थिए।