राजनीतिक जीवनी
(१) संक्षिप्त राजनीतिक जीवनी :
आमा गोपीमाया र पिता दुर्गबहादुर तामाङको माइला छोराको रुपमा २००८ साल फाल्गुण ३ गते शुक्रबारको दिन भोजपुर जिल्ला स्थित भोजपुर नगरपालिका-५. बोखिम आहालेमा जन्म आपा पिता २००८ माসট भाजमै नेपाल कम्युनिस्ट पार्टी भोजपुर जिल्ला समितिमा हुनुहुन्थ्यो। यो पारिवारिक वातावरणबाट नै उनी सानै उमेरदेखि वाम राजनीतिप्रति आकर्षित । वि.सं. २०२५ सालदेखि वाम विद्यार्थी राजनीतिमा प्रवेश। वि.सं. २०२७ मा सरस्वती कलेज, कमाडौमा स्ववियु कार्यसमितिको सदस्य निर्वाचित । विसं २०२९ सालमा केन्द्रीय न्यूक्लसका सदस्य कमरेड निर्मल लामाटार प्रभावित । वि.सं. २०३२ सालको ६ महिने विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका र काठमाडौमा पटकपटक जेल । वि.सं. २०३३ मा नेकपा (चौम) मा संगठित ।
वि.सं. २०३४ सालदेखि भोजपुर जिल्लामा नेकपा (चौमः को राजनीति र संगठन विस्तारमा सक्रिय। वि.स. २०३५ स देखि
२०३७ सम्म जिल्ला कमिटी, अनेरास्ववियू (छैटी) र किसान सङ्घ गठन। भोजपुरमा नेपाल शिक्षक सङ्गठन म्यानमा
प्राध्यापक सङ्घ गठनमा सक्रिय । २०३६-०३७ को जनमतसङ्ग्रहमा बहुदलको पक्षमा भोजपुरमा आम जनपरिचालन। २००७ सा राजकाज अपराध र राज्यद्रोहको अभियोगमा भोजपुरबाट पक्राउ गरी ३ वर्षको काराबास दाबीसहित विराटनगर जेल चलान। जेलबाट छुटेपछि २०३८ सालको मध्यदेखि काठमाडौंमा नेकपा (चौम) को बुद्धिजीवी कमिटी र नेपाल प्राध्यापक मधमा नहीय। वि.सं. २०५३ पछि आतंकवाद र विध्वंशात्मक गतिविधि नियन्त्रण र सजायसम्बन्धी विधेयक विरुद्ध 'प्रजातान्त्रिक अधिकार जोगाऔं आन्दोलन" गठन गरी सक्रीय। विधेयक असफल। अनि, सरकार र माओवादी विद्रोहीविच वार्ताको मध्यस्थताका लागि सक्रीय । राष्ट्रिय मानवअधिकार आयोग गठनको लागि अभियानमा सक्रिय । १ फेब्रुअरी सन् २००५ । बि. सं. २०६९ माघ १९) को तत्कालीन राजा ज्ञानेन्द्रको कदमपछि गणतन्त्रको लागि अभियान सञ्चालनमा प्रत्यक्ष संलग्न । २०६२ ०६३ को जनआन्दोलनमा आदिवासी जनजाति आन्दोलन सङ्गठित र परिचालन गरेको । बि.स. २०६३ मा आदिवासी जनजाति, मधेसी, महिला, युवा, दलित तथा खस-आर्यको संयुक्त राजनीतिक सम्मेलनमार्फत आफनै नेतृत्व र संयोजकत्वमा बृहत राष्ट्रिय नोक-गणतान्त्रिक मोर्चा, नेपाल" गठन। वि.सं. २०६४ मा 'ताम्सालिङ-नेपाल राष्ट्रिय दल को अध्यक्ष। वि में २०७० मा अन्य दलहरुसँग एकता गरी "सङ्घीय गणतान्त्रिक समाजवादी पाटी'मा रुपान्तरण र अध्यक्षको भूमिका ।
वि.सं. २०७१ मा राष्ट्रिय जनमुक्ति पार्टीसंग एकता गरी 'सङ्घीय जनमुक्ति पार्टी र त्यसको कार्यकारी सह-अध्यक्ष । वि.सं. २०७३ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको "नयाँ शक्ति पार्टी, नेपाल संग एकता र केन्द्रीय मह-संयोजकको भूमिका । वि.सं. २०७४ भदौं ६ गते पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वको "नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा धुवीकृत भई केन्द्रीय सचिवालय सदस्य । वि.सं. २०७५ मा जेष्ठ ३ गते नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले) को एकतापश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य । २०७७ पौषमा सर्वोच्च अदालतको निर्णयद्वाग एकता भङ्ग भएपछि पुनर्स्थापित नेकपा (माओवादी केन्द्र) मा स्थायी समिति सदस्य, र २०७८ मा सम्पन्न आठौं महाधिवेशनबाट नेकया। माओवादी केन्द्र) आठौं केन्द्रीय समितिको स्थायी समिति सदस्य र केन्दीय प्रदेश मामिला विभागको प्रमुख र नेपाल राष्ट्रिय प्राध्यापक संगठनको इन्चार्ज । विसं २०८२ कार्तिक १९ गतेको माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीको आयोजक समिति सदस्य ।
अघिल्लो अनुभव
(२) विगतका पेशा/रोजगार/व्यवसाय, संघ/संस्थामा आवद्धता र अनुभव
पेशा/रोजगार/व्यवसाय : २०२५ र २०२६ साल भोजपुर जिल्लाको बोखिम मिडिल स्कुल र भोजपुर बजारस्थित विद्योदय हाईस्कुलमा सहायक शिक्षक । २०२८ र २०२९ सालमा झापा जिल्लाको कृषि बैंक अन्तर्गतको साझा संस्थाको व्यवस्थापक । वि.सं. २०३४ देखि २०५९ सम्म त्रिविका भोजपुर क्याम्पस, भोजपुर र सरस्वती क्याम्पस, काठमाडौंमा तथ्याङ्कशास्त्र र अर्थशास्त्र विषयको प्राध्यापन ।
राष्ट्रिय संघसंस्थाः वि.स. २०३२ देखि तामाङहरुलाई संगठित गर्ग शुरुवात। २०३६ मा राष्ट्रिय तामाङ सम्मेल,२०४० मा विकास र संस्कृति समिति र २०४५ नेपाल तामाङ घेदुङको गठनमा सक्रिय । २०५८ सम्म नेपाल तामाङ घेदुङको केन्द्रीय समितिको अध्यक्ष समेत । वि.स. २०४७–२०५८ मा "नेपाल आदिवासी महासंघ" को संस्थापक सदस्य तथा महासचिव (प्रमु्ख) । सन् १९९२ मा विश्व आदिवासी अन्तराष्ट्रिय वर्ष राष्ट्रिय समिति, नेपाल गठन गरी सदस्य–सचिव र सन् १९९३ मा अष्ट्रियाको राजधानी भियनामा सम्पन्न तेस्रो विश्व मानव अधिकार सम्मेलनमा सहभागी । जनजाति विकास समिति तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय समितिको गठनमा सक्रिय । वि.स. २०५९ देखि जनस्तरमा गठित आदिवासी जनजाति आयोग र नेपाल तथा मानव अधिकारको लागि आदिवासी जनजाति अभियानको संयोजकको रुपमा सक्रिय । सन् २००२–२००५ तामाङ अन्तराष्ट्रिय परिषदको संस्थापक अध्यक्ष । भाषिक अधिकार संघर्ष समिति गठन गरी भाषा समानताको लागि आन्दोलन संचालन । विसं २०६७ देखि २०७० सम्म आदिवासी जनजाति संयुक्त संघर्ष समिति २०७० पछि आदिवासी जनजाति तामाङ अन्तर्राष्ट्रिय परिषदको संस्थापक भाषिक अधिकार संघर्ष समिति गठन गरी नाममानना राष्ट्रिय आन्दोलन गठन गरी अध्यक्ष मण्डलको सदस्य नै आन्दोलनको नेतृत्व ।
अन्तर्राष्ट्रिय संघसंस्था : सन् १९९४मा एसिया इन्डिजिनस पिपल्स प्याक्ट बैंकककी सदस्य सन् १९९६
एलाइन्स अफ इन्डिजीनस एण्ड ट्राइब चिसोको अर्डिनेटरको भूमिकाबाट एनिया महादेश, करेबियन व्याि गर्ने र आदिवासी जातिकी अधि अफ्रिका, प्यासिफिक, अष्ट्रलियाका आदियागी जनजातिलाई संगठित गर्ने उच्चस्तरीय आदिवासी कोरम गठन गरी अन्तर्राष्ट्रिय संघसस्थाको आदिवासी नीति बन्नुपर्ने आन्दोलनमा नेतृत्वदायी भूमिकामा । यही क्रममा विश्य बौद्धिक सम्पत्ति संगठन (WIPO) मा आदिवासी जनजातिकी बौद्धिक गम्भअधिकारको मुद्दा प्रर्वद्धन गर्न विश्व संस्था Call of the earth को निर्देशक समितिमा। जैविक विविधता महासन्धी, परिवर्तन सम्बन्धी महासन्धि तथा त्यस्तै वातावरणसम्बन्धी महासन्धि पक्षराज्यहरूको सम्मेलन, सभा गोष्टीमा जादिक जनजातिको हक, हितको ग्यारेन्टी गर्न/गराउन विभिन्न समयमा Focal point की भूमिका निर्वाह ।
सन् २००० मा संयुक्त राष्ट्र संघले इतिहासमा पहिलो पल्ट सामाजिक तथा आर्थिक परिषदको सह निकायको रुपमा मानव अधिकार आयोगजस्तै उच्च स्तरीय आदिवासी स्थायी मञ्च (UNPFII) गठन र त्यसमा परशुराम तामाङ एमियका आदिवासी जनजातिकी तर्फबाट निर्वाचित कार्यकाल । साथै "आदिवासी जातिको मानव अधिकार र मौलिक स्वतन्त्रतासम्बन्धी स्पेसल न्यापोर्टियरको नियुक्ति, आदिवासी उपाध्यक्षमा चुनिनु भयो । सन् २००२ देखि २००७ सम्म उक्त आयोगमा जातिको अधिकारसम्बन्धमा विज्ञ संयन्त्र (Expert Mechanism) को गठन, विश्व आदिवासी अन्तराष्ट्रिय दोषी इगक। २००५-२०१५) को घोषणा, आदिवासी जातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्र (२००७), पारित गराउन राष्ट्रसंघमित्र महत्वपूर्ण भूमिका निर्वाह ।
हालको आबद्धता
(३) हाल आवद्ध भएका संघ/संस्थामा र हालको पेशा/रोजगार/व्यवसाय:
धेरै सामाजिक संस्थाहरुमा सल्लाहकारको भूमिकामा ।
प्रकाशनहरू
(४) कृति/प्रकाशन : परशुराम तामाङका दुई दर्जनभन्दा बढी पुस्तक/पुस्तिकाहरु प्रकाशित छन् ।
१. नेपाल भारत व्यापार तथा पारवहन, २०३६
२. Metal Ware Industry in Bhojpur, 1988
३. The Tamang: A Face of Nepal, 1992
४ तामाङ जाति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५१
५. राष्ट्रवाद र जनजाति, २०५४
६ तामाङ संस्कार, २०५५
७. ताम्बा काइतेन, २०५७
८. तामाङ जाति र ल्होछार (नयाँ वर्ष) परम्परा, २०५१
९. तामाङ वंशावली, २०६२
१०. तामाङ जाति र नयाँ सहस्राब्दी विकास एजेण्डा, २०६३
११. तामाङ लोकलय (रसुवा क्षेत्रका लोक गीतहरुको संकलन)
१२. ताम्सालिङ : तामाङ स्वायत्त प्रदेश, २०६३
१३ Racism and discrimination in the New Millennium Nepal, 2000
१४. Tamang Healing in the Nepal Himalaya, 2001
१५. Nepal Statistics and Indigenous peoples, 2006
१६.नेपालको सन्दर्भमा जैविक विविधता, संरक्षित क्षेत्र, पहुँच र लाभको बाँडफाँड, सन् २००० १५
१७. हाम्रो नेपालः संघीय लोकतान्त्रिक गणतन्त्र, २०६५
१८. नयाँ संविधानः अल्पसंख्यक, आदिवासी जाति र जनजाति, २०६६ १८.
१९. जातीय स्वशासन र संघीयताः संविधानसभाको विषयगत समितिको प्रतिवेदनको समीक्षा, २०६८
२०. नयाँ नेपालको प्रश्न, २०७१
२१. वुद्ध पथ, बज्र बूक्स, २०७६
२२. तामाङ राष्ट्रिय मुक्तिको बाटो, २०७८
२३. नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा, २०७८
२४. नेपालको सन्दर्भमा समाजवादी क्रान्ति, जातीय उत्पीडनको प्रश्न र समुदाय समाजवाद, २०८२
यसका अलवा "भोजपुर, २०४५", छारम्हेन्दो, २०४७ देखि २०५८, Indigenous Peoples of Nepal Towards Self-Determination 1994, Voices of The Rain Forest-2000", "Rotational Agriculture of Indigenous Peoples in Asia- 2002', र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन र गोष्ठीका प्रतिवेदनहरू सम्पादन ।
पुरस्कार तथा सम्मान
५) पुरस्कार/सम्मान : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्ः
अशोका फेलो (१९९०-१९९३) । राष्ट्रिय शिक्षा पुरस्कार, शिक्षा मन्त्रालय, २०००। मानव अधिकार दशक हिरो, २०००। राष्ट्रिय तामाङ प्रतिभा सम्मान, २००० । ल्हास्सो प्रतिभा पुरस्कार (२००२) । अखिल भारतीय तामाङ संघबाट सम्मान-पत्र (२००२) । सिक्किम तामाङ बौद्ध संघबाट सम्मान-पत्र (२००३) । पूर्वाञ्चल तामाङ बौद्ध संघ, भारत, आसामबाट सम्मान-पत्र (२००३।। नेपाल तामाङ घेदुङबाट सम्मान-पत्र (२००६)। कास्की जिल्ला नेपाल तामाङ घेदुङबाट सम्मान पत्र (२००४) । नेपाल आदिवासी जनजाति महासंघबाट सम्मान (२००२) । राष्ट्रिय आदिवासी जनजाति महासंघ, नेपालबाट सम्मान पत्र (२००६) । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघबाट सम्मान पत्र (२००९) । सम्पूर्ण तामाङ जातिका तर्फबाट सम्मान-पत्र (२००९) । हङकङ आदिवासी जनजाति महासंघ तर्फबाट प्रशंसा-पत्र (२०१२)। साउदी अरेबीया आदिवासी जनजाति महासंघका तर्फबाट प्रसंशा पत्र (२०१२), आदि विभिन्न संघसंस्थाहरुद्वारा सम्मानित ।
थप जानकारी
(६) सदस्यले खुलाउन चाहेका अन्य विवरण: (क) विभिन्न समयमा शान्ति सुरक्षा र राजकाज अपराध र राज्यद्रोहको अभियोगमा प्रहरी हिरासत र काराबास । (ख) मानव अधिकार, जलवायु, पर्यावरण, जैविक विविधता, बन, आदिवासी जनजाति अधिकार, जातीय विभेद, दीगो विकास, सांस्कृतिक सम्पदा, जस्ता अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अध्ययन गर्न विश्वका ५० भन्दा बढी देशहरूमा भ्रमण गर्नुभएको छ ।
नाम, थर : परशुराम तामाङ मिति : २०८२ चैत्र १० गते ।