Rt. Hon. Speaker Dol Prasad Aryal
सम्बत् २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ९ बाट अत्याधिक मतान्तरले विजयी । व्यावसायिक पृष्ठभूमिबाट एक कदम माथि उठी, राजनीतिमार्फत् समाजमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र विकास निर्माण गरी समाजको रूपान्तरण हुन्छ भन्ने हुटहुटीका साथ राजनीतिमा प्रवेश ।
समाजसेवामा आबद्धता
देश विकासको सुरुवात सबैभन्दा कठिन भूगोलबाट गर्नुपर्छ भन्ने अठोटका साथ कालिकोट जिल्लाको रास्कोटमा अस्पतालको स्थापना । कोभिड-१९ महामारीका बेला जनमैत्री अस्पतालमा विशेष शैयाहरू खडा गरी हजारौं नागरिकको जीवन रक्षा । साथै लायन्स क्लब तथा विविध सेवामूलक गतिविधिमा संलग्न ।
विगतमा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई पटक मन्त्री भई जिम्मेवारी निर्वाह । छोटो अवधिमै गरेका कार्यहरूले मन्त्रालय अन्तर्गतका निकायहरूको सेवा प्रवाहमा सुधार भएको । मन्त्रालय अन्तर्गतका कार्यहरूमा ढिलासुस्ती र भ्रष्टाचार न्यूनीकरण गर्न आधुनिक प्रविधियुक्त कम्प्युटर प्रणाली जडान गरी जनताको काम एक घण्टामै सम्पन्न हुने व्यवस्था गरिएको । ‘इच्छाशक्ति भए धेरै गर्न सकिन्छ’ भन्ने निष्कर्ष रहेको ।
मेरो प्रतिबद्धता
नेपालको संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूलभूत मान्यतालाई आत्मसात गर्दै देशलाई समृद्ध बनाउने दिशामा संसदीय अभ्यासमार्फत जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ ।
जेनजी आन्दोलनको माग र विकास निर्माणको बाटोमा राष्ट्रलाई अगाडि बढाउने हुटहुटी बोकेका नागरिकहरूको अभिमतसहित हामी गरिमामय संसद्को एउटै थलोमा आएका छौं ।
बहुदलीय शासन व्यवस्थामा जनताको अभिमत व्यक्त हुने थलो संसद् भएकाले संसदको गरिमा र प्रभावकारिता बढाउन सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता व्यक्त गर्दछु ।
संसदीय व्यवस्थाको सुन्दरता नै नीतिगत बहस, छलफल र निष्कर्ष हो । यसका लागि सबै माननीय सदस्यहरूका लागि संसद् सचिवालय खुला रहनेछ । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माण गर्न र रोजगारी सिर्जना गर्न आवश्यक कानून निर्माण गर्ने थलो संसद् भएकाले सबै राजनीतिक दलहरूलाई रचनात्मक सहयोग र सहभागिताका लागि हार्दिक आग्रह गर्दछु ।
शिक्षा स्वास्थ्य वित्तीय क्षेत्रमा लगानी र व्यवसायको अनुभव
उपसभापति राष्ट्रिय स्वतन्त्र पार्टी
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक