बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. गणेश बहादुर विश्वकर्मा

Hon. Ganesh Bahadur Bishwakarma

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
बझाङ
६२/७१
नेपाली कम्युनिष्ट पार्टी
२८
सदन वक्तव्य
६२/७१
बैठक उपस्थिति
१९/२१
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०५५ देखि अनेरास्ववियू तत्कालीन पाँचौँको जयपृथ्वी क्याम्पस बझाङ्गको प्रारम्भिक कमिटी सचिव तथा जयपृथ्वी क्याम्पस बझाङ्गको स्ववियू सचिव । अनेरास्ववियूको बझाङ्गको संस्थापक सचिव । २०४८ सालमा पोखरामा सम्पन्न तत्कालीन अनेरास्ववियू पाँचौँको एघारौँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद सदस्यमा लोकप्रिय मतबाट निर्वाचित । तत्कालीन नेकपा (माले) को साधारण सदस्यता प्राप्त २०५६ र सङ्गठित सदस्यता प्राप्त २०४८ साल जेष्ठ । नेकपा मालेको बझाङ्ग जिल्ला कमिटी संस्थापक सदस्य । २०५६ मा पार्टीको राष्ट्रिय परिषद सदस्य । ऐतिहासिक संविधान सभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार, नेकपा एमालेको केन्द्रीय सामाजिक सेवा विभाग सदस्य हुँदै आठौँ महाधिवेशनबाट नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको सदस्य निर्वाचित । पुनर्गठित नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य तथा स्कूल विभाग सदस्य, । २०८१ असार १६ देखि २० सम्म सम्पन्न नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सचिव निर्वाचित । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) लगायत २४ बढी दलबीच भएको एकता पश्चात नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सचिवालय सदस्य ।

अघिल्लो अनुभव

विगतका पेशा/रोजगार/व्यवसाय, संघ संस्थामा आबद्धता र अनुभव ● २०४५ देखि २०५५ सम्म प्राथमिक स्तरको शिक्षक हुँदै माविसम्मको शिक्षक, ● २०५६ देखि २०६५ सम्म विभिन्न मानवअधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा रहेर काम गरेको । ● पत्रकारिता : जन उत्थान र ऐक्यबद्धता अंग्रेजी पत्रिकाको संवाददाता, मुक्ति यात्रा मासिकको सह सम्पादक, दलित अधिकार मञ्चको प्रधान सम्पादक, समानता पत्रिकाको सह सम्पादक, मुक्ति समाज नेपालको मुखपत्र गणतन्त्रको सम्पादक मण्डल सदस्य, प्रेस चौतारी कैलालीको सचिव २०६१ देखि २०६३ सम्म । ● २०६० देखि २०६७ सम्म १४ वटा नागरिक तहबाट नमूना दलित संसदकोआयोजना गरेको ।

हालको आबद्धता

२०६० देखि २०७५ सम्म १४ वटा नागरिक तहबाट नमूना दलित संसदको आयोजना गरेको । हाल आबद्ध भएका संघ संस्था र हालको, पेशा/रोजगार/व्यवसाय • सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष २०८१ • उच्चस्तरीय भूमिसुधार आयोग : सदस्य २०६७ • नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत दलित विद्यार्थी सम्बन्धी समस्या समाधान गर्न बनेको कार्यदल २०६८ : सदस्य • मुक्त हलिया, कमैया, कम्लरी तथा हरवाचरवा पुनःस्थापना सम्बन्धी अध्ययन सम्बन्धी कार्यदल सदस्य : २०८० । • हलिया पुनःस्थापना सम्बन्धी कार्यदल २०६७ : सदस्य • दलित विकास समितिमा सुदूरपश्चिमान्चलका तर्फबाट केन्द्रीय बोर्ड सदस्य : २०७४ • २०४३ देखि २०८२ सम्म दलित आन्दोलनमा जिल्लादेखि केन्द्रीय स्तरमा महासचिव र अध्यक्षसम्म • राष्ट्रिय दलित नेटवर्क नेपाल (२०५७) को संस्थापक अध्यक्ष • मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को अध्यक्ष २०६४ देखि २०७० । • मानवअधिकार संरक्षण मञ्चको महासचिव हुँदै अध्यक्ष (२०८२) • राष्ट्रिय भूमि अधिकार सरोकार समूह र राष्ट्रिय भूमि अधिकार मञ्चको संस्थापक तथा हाल राष्ट्रिय भूमि अधिकार सरोकार समूहको केन्द्रीय सचिव । • कमैया मुक्ति आन्दोलन परिचालन समितिको संस्थापक सदस्य • २०५५ देखि २०७५ सम्म शिक्षक आन्दोलनमा सहभागी

प्रकाशनहरू

कृति/प्रकाशन ● दलित आन्दोलन, मानव अधिकार आन्दोलन तथा समसामयीक राजनीतिक आन्दोलनबारे २०० भन्दा बढी राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा लेख रचनाहरु प्रकाशित । ● दलित अधिकार तथा मानव अधिकार आन्दोलनसँग सम्बन्धित एक दर्जनभन्दा बढी पुस्तकमा लेखक, सम्पादक, सह-सम्पादक तथा सहयोगीको रुपमा भूमिका निर्वाह गरेको । ● दलित आन्दोलन, मानव अधिकार आन्दोलन तथा समसामयीक राजनीतिक आन्दोलनबारे ३ दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत । ● जनताको बहुदलीय जनवाद र प्रगतिशील आरक्षणबारे हाते पुस्तिका ● दलित नेतृत्व : संघर्ष र सफलता भाग १ र २ ● राज्यको पुनःसंरचना र संविधान निर्माणमा दलित नामक पुस्तक

पुरस्कार तथा सम्मान

पुरस्कार/सम्मान ● सुभाष दर्नाल नागरिक पुरस्कार २०६९ ● डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०११ ● संयुक्त राजनीतिक दलित संघर्ष समितिद्वारा सम्मानित २०८१ ● राष्ट्रिय दलित नेटवर्कद्वारा सम्मानित २०८१ ● आठौं राष्ट्रिय मानवअधिकार महाभेलाद्वारा सम्मानित ● मुक्त हलिया समाज महासंघ सम्मानित ● हलिया, कमैया तथा हरवाचरवा आन्दोलनमा योगदान गरे वापत भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सम्मानित ● विभिन्न संघ संस्थाहरुद्वारा सम्मान प्राप्त .

थप जानकारी

सदस्यले खुलाउन चाहेका अन्य विवरण अन्तर्राष्ट्रिय भ्रमण संयुक्त राज्य अमेरिका, चीन, इण्डोनेसिया, इटाली, स्वीजरल्याण्ड, टर्की, फ्रान्स, सिंगापुर, भारत, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, बंगलादेश, कतार, फिलिपिन्स ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बझाङ · नेपाली कम्युनिष्ट पार्टी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति · अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक सम्बन्धी उपसमिति, २०८३
समिति सदस्यता २ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभा
सदस्य
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक सम्बन्धी उपसमिति, २०८३
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८७% ७१ बैठक मध्ये
७१ कुल बैठक
६२ उपस्थित
९ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २८