प्रतिनिधि सभा २०८२ को दोस्रो पूर्ण अधिवेशन २०८३ आश्विन ६ मा सभामुख सम्माननीय सभामुख डोल प्रसाद अर्याल को अध्यक्षतामा सुरु भई ३ घण्टा ३५ मिनेट सम्म संचालन भयो। २७५ मध्ये २०८ उपस्थित
१. प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने।
२.माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले :-
क) "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
ख) "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
प्रतिनिधि सभा बैठक ५८ · २०८३ आश्विन ६ · दिउँसो १:०० देखि साँझ ४:३५ सम्म
आजको उपस्थिति
कुल २७५ सदस्यमध्ये २०८ जना बैठकमा उपस्थित थिए र ६७ जना अनुपस्थित थिए।