विधायन व्यवस्थापन समिति को ५/१६ (७६५) औं बैठक २०८३ श्रावण १६ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
१. ऐन कार्यान्वयन मापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समीक्षा,
२. विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको ऐन कार्यान्वयन मापन सम्बन्धी विषयमा श्री परसुराम मेघी गुरुङ्गले प्रस्तुत गर्नुभएको अन्तरक्रिया कार्यक्रमको समीक्षा सम्पन्न भयो।
समितिका माननीय सदस्यहरूले समितिका सभापतिहरूको उपस्थिति र सहभागिताका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। साथै कार्यपत्र प्रस्तुतिका लागि श्री परसुराम मेघी गुरुङ्गलाई आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो।