विधायन व्यवस्थापन समिति को ५/१३ (७६२) औं बैठक २०८३ श्रावण १४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये १७ उपस्थित
यस समितिको बैठक सम्माननीय अध्यक्षज्यूको प्रमुख आतिथ्यमा समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा समितिको सभाकक्षमा बस्यो।
समितिका माननीय सदस्यहरू र आमन्त्रित सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः
१. विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रम,
२. विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उपाध्यक्षज्यू, समितिका माननीय सदस्यहरू, राष्ट्रिय सभाका समितिका सभापतिहरू समेतको उपस्थितिमा विषय विज्ञ डा. खिमलाल देवकोटाले “सङ्घीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास¸ आवश्यकता र चुनौती” विषयमा कार्यपत्र प्रस्तुतीकरण गर्नुभयो।
कार्यपत्र प्रस्तुतीकरण पश्चात माननीय सदस्यहरूले सो कार्यपत्र उपर आफ्नो धारणा, जिज्ञासा र प्रश्नहरू राख्नुभयो। छलफलका क्रममा आएका विषयवस्तुलाई प्रस्तोता विज्ञ सदस्यले सम्बोधन गर्नुभयो।