विधायन व्यवस्थापन समिति को ५/१२(७६१) औं बैठक २०८३ श्रावण ८ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। १५ मध्ये १० उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः
१. अभिमुखीकरण कार्यक्रम सम्बन्धमा,
२. विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको बैठकमा समितिका माननीय सदस्यहरूलाई संघीय इकाइहरूबीचको विधायिकी अन्तरसम्बन्ध र ऐन कार्यान्वयन मापन सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा छलफल भयो।
आजको बैठकले देहाय बमोजिमका निर्णय गर्यो:-
१. समितिको आ. व. २०८३/०८४ को वार्षिक कार्य योजना अनुसार संघीय इकाईहरू बीचको विधायिकी अन्तरसम्बन्ध र ऐन कार्यान्वयन मापन सन्दर्भमा मिति २०८३/४/२१ भित्र दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने।
२. उपरोक्त अन्तरक्रिया कार्यक्रमका लागि देहाय बमोजिमका विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गर्ने।
१..ऐन कार्यान्वयन मापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम श्री परशुराम मेघी गुरुङ
२.संघीय इकाईहरू बीचको विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रम डा.खिमलाल देवकोटा
३. उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका इच्छुक माननीय सदस्यहरूलाई पनि सहभागी गराउने।