विधायन व्यवस्थापन समिति को ५/११ (७६०) औं बैठक २०८३ श्रावण ४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा १५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १४ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः
१. ऐन कार्यान्वयन मापन सम्बन्धमा,
२. विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा,
३. विविध।
छलफल तथा निर्णय:-
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा संघीय इकाइहरूबीचको विधायिकी अन्तरसम्बन्ध र ऐन कार्यान्वयन मापन सन्दर्भमा समितिले खेल्नुपर्ने भूमिका र आगामी कार्यदिशा सम्बन्धमा छलफल भयो।
समिति सचिवालयले विभिन्न मन्त्रालयलाई पत्राचार गरी ऐन कार्यान्वयन मापनको प्रगति प्राप्त गरेको थियो। मन्त्रालयहरूबाट प्राप्त विवरण बैठकमा पेस गरियो र सो सम्बन्धमा समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्नु भयो।
आजको बैठकले देहाय बमोजिमका निर्णय गर्यो:-
१. देहायका माननीय सदस्यहरू रहने गरी ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति गठन गर्ने निर्णय भयो:-
- मा. डा. अन्जान शाक्य - संयोजक
- मा. खम्म बहादुर खाती- सदस्य
- मा. झक्कु प्रसाद सुवेदी – सदस्य
- मा. मा. कृष्ण प्रसाद सिटौला – सदस्य
- मा. राजेन्द्र लक्ष्मी गैरे - सदस्य
- मा. राम कुमारी झाक्री – सदस्य
- मा. विष्णु देवी पुडासैनी - सदस्य
२. ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिलाई देहायको कार्यक्षेत्र निर्धारण गरियो:-
- नेपालमा हाल कार्यान्वयनमा रहेका कानुनहरू अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था अध्ययनका लागि प्राथमिकिकरण सहित समितिमा सिफारिस गर्ने,
- ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीनवटा मुलुकको असल अभ्यासको अध्ययन गर्ने,
- आवश्यकता अनुसार सम्बन्धित सरोकारवालासँग छलफल गर्न सक्ने,
- उपसमितिले ३० दिन भित्र समिति समक्ष प्रतिवेदन पेस गर्ने।
३. देहायका माननीय सदस्यहरू रहने गरी विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमिति गठन गर्ने निर्णय भयो:-
- मा. सुरेशकुमार आले मगर- संयोजक
- मा. आनन्द प्रसाद ढुंगाना- सदस्य
- मा. गीता देवकोटा- सदस्य
- मा. प्रेम प्रसाद दंगाल- सदस्य
- मा. मोहम्मद खालिद- सदस्य
- मा. रेनु चन्द- सदस्य
- मा. विष्णु बहादुर विश्वकर्मा- सदस्य
४. विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिलाई देहायको कार्यक्षेत्र निर्धारण गरियो:-
- नेपालमा विद्यमान सङ्घीय इकाईहरूबिच रहेको विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा अध्ययन गरी विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अनुभव आदानप्रदान गर्नु पर्ने प्रदेश र स्थानीय तहको संख्या र नाम प्राथमिकीकरण सहित सिफारिस गर्ने,
- विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा संघीय शासन प्रणाली सफल भएको मानिएका कम्तीमा तीन वटा मुलुकको असल अभ्यासको अध्ययन गर्ने,
- आवश्यकता अनुसार सम्बन्धित सरोकारवालासँग छलफल गर्न सक्ने,
- उपसमितिले ३० दिन भित्र समिति समक्ष प्रतिवेदन पेस गर्ने।
(झलक शर्मा सापकोटा) -(कृष्ण बहादुर रोकाय)
सचिव - सभापति