बैठक विवरण
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति को १ औं बैठक २०८३ श्रावण ५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ७ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक माननीय सुरेशकुमार आले मगरको संयोजकत्वमा बस्यो ।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
कार्यसूची
- उपसमितिको कार्यविधि सम्बन्धमा छलफल
- विविध
बैठक कार्यविवरण
- आज यस उपसमितिका संयोजक सुरेशकुमार आले मगरको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा समिति बैठकले विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिको लागि पारित गरेको कार्यविधि सम्बन्धमा माननीय सदस्यहरूले आ- आफ्नो धारणा राख्नु भयो ।
- उपसमितिको बैठक २०८३/०४/११ गते दिनको २:३० मा बस्ने गरी आजको बैठक समापन भयो।
उपस्थिति रजिष्टर
१५
कुल सिट
७
कुल उपस्थित
८
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
६०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली काँग्रेस
५०%
जनता समाजवादी पार्टी नेपाल
०%
—
०%