विधायन व्यवस्थापन समिति को ५/८(७५७) औं बैठक २०८३ असार २४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा २० मिनेट सम्म संचालन भयो। १५ मध्ये ३१ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो।
बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः
- सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ सम्बन्धमा,
- विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ मा सैद्धान्तिक र दफावार छलफल भयो।
बैठकमा माननीय पूर्वाधार विकास मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सम्बद्ध कर्मचारी लगायतको उपस्थितिमा भएको छलफलमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ को सम्बन्धमा आ आफ्नो धारणा राख्नु भयो।
निर्णय
- सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ को मसौदा प्रतिवेदन तयार गर्न समिति सचिवालयलाई निर्देशन दिने।
- समितिको बैठक असार २५ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक सम्पन्न भयो।