विधायन व्यवस्थापन समिति को ५/९(७५८) औं बैठक २०८३ असार २५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये २३ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो।
बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः
- सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धमा ,
- विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ मा सैद्धान्तिक र दफावार छलफल भयो।
बैठकमा माननीय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बद्ध कर्मचारी लगायतको उपस्थितिमा भएको छलफलमा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ को सम्बन्धमा आ-आफ्नो धारणा राख्नु भयो।
निर्णय
- सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ को मसौदा प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिने निर्णय भयो।
- समितिको अर्को बैठक मसौदा प्रतिवेदन तयार भएपछि बस्ने गरी बैठक सम्पन्न भयो।