ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को २ औं बैठक २०८३ श्रावण ११ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ५ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।
बैठकमा माननीय सदस्यहरूको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
१. समितिको कार्ययोजना सम्बन्धमा छलफल,
२. विविध
आज यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिको कार्यविधि सम्बन्धमा छलफल भयो। माननीयहरूद्वारा आ-आफ्नो धारणा व्यक्त भयो ।
साथै, ऐन कार्यान्वयन मापन सिफारिसका लागि छनौट भएका ऐनहरू छनौट हुनुका कारण सम्बन्धमा माननीय सदस्यहरूले धारणा राख्नु भयो ।
निर्णय
- ऐन कार्यान्वयन मापन अध्ययन उपसमितिको कार्यविधि, २०८३ पारित भयो ।
- छनौट भएका ५२ (बाउन्न) वटा ऐनहरु मध्येबाट समितिमा ऐन कार्यान्वयन मापनका लागि प्राथमिकता निर्धारण भएका तपसिल बमोजिमका २०(बीस) वटा ऐनहरुको कार्यान्वयनको अवस्था, लाभग्राही र सरोकारवालामा परेको प्रभावका सम्बन्धमा व्यावहारिक जानकारी प्राप्त गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने।
तपसिल:
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
२. काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५
३. कानूनी सहायता सम्बन्धी ऐन, २०५४
४. खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५
५. गुठी संस्थान ऐन, २०३३
६. घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
७. बीमा ऐन, २०७९
८. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१
९. भूमि सम्बन्धी ऐन, २०२१
१०. भ्रष्टाचार निवारण ऐन, २०५९
११. मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन, २०५५
१२. मालपोत ऐन, २०३४
१३. वन ऐन, २०७६
१४. विदेशी राज्य र कूटनीतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७
१५. विद्युत ऐन, २०४९
१६. विद्युतीय कारोबार ऐन, २०६३
१७. वैदेशिक रोजगार ऐन, २०६४
१८. संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७
१९. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४
२०. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
यस उपसमितिको आगामी बैठक अर्को सूचना भएपछि बस्ने गरी आजको बैठक सम्पन्न भयो।