बैठक विवरण
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति को २ औं बैठक २०८३ श्रावण ११ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये ६ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक माननीय सुरेशकुमार आले मगरको संयोजकत्वमा बस्यो।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
कार्यसूची
१. उपसमितिको कार्यविधि सम्बन्धमा छलफल,
२. विविध।
बैठक कार्यविवरण
आज यस उपसमितिकासंयोजक सुरेशकुमार आले मगरको संयोजकत्वमा बसेको बैठकले विधायिकी अन्तरसम्बन्ध सम्बन्धी नेपालको कानुनी व्यवस्था, अभ्यास, चुनौती र अन्तर्राष्ट्रिय अभ्यासको सम्बन्धमा माननीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नु भयो।
उपसमितिको बैठकले देहाय बमोजिम निर्णय गर्यो :-
- अमेरिका, इथोपिया, स्वीटजरल्याण्ड र भारतको संघीय इकाइहरूबीचको विधायिकी अन्तरसम्बन्धको अभ्यास के कस्तो रहेको छ अध्ययन गर्ने,
- उपसमिति बैठकमा श्री कृष्ण प्रसाद सापकोटालाई आमन्त्रण गरी छलफल गर्ने,
- नमुनाको रूपमा ललितपुर उपमहानगरपालिका र भक्तपुर जिल्लाको कुनै एउटा स्थानीय तहको विधायिकी अभ्यासबारे जानकारी लिन स्थलगत अध्ययन अवलोकन गर्न समिति समक्ष सिफारिस गर्ने।
उपस्थिति रजिष्टर
१५
कुल सिट
६
कुल उपस्थित
९
कुल अनुपस्थित
दलगत उपस्थिति
जनता समाजवादी पार्टी नेपाल
१००%
नेपाली कम्युनिष्ट पार्टी
६०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
नेपाली काँग्रेस
१७%
—
०%