विधायन व्यवस्थापन समिति को ५/१८ (७६७) औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये १५ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
१. विधायिकी अन्तरसम्बन्ध विषयमा गाउँपालिका राष्ट्रिय महासंघसँग छलफल,
२. विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको बैठकमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष श्री लक्ष्मी देवी पाण्डे र कार्यकारी निर्देशक श्री राजेन्द्र प्रसाद प्याकुरेलको उपस्थितिमा विधायिकी अन्तरसम्बन्ध र कानुन निर्माणका असल अभ्यासका विषयमा छलफल भई देहाय बमोजिमका निर्णय भयो:-
१. यस समितिमा दफावार छलफल हुने विधेयकलाई थप परिष्कृत बनाई संघीयता अनुकूल बनाउन संघीय इकाइहरुको राय सल्लाह र सुझावले महत्वपूर्ण भूमिका खेल्ने हुँदा समितिमा छलफलका क्रममा रहेका विधेयकउपर आवश्यकतानुसार स्थानीय तह र प्रदेशको धारणा समावेश हुने गरी सुझाव माग गर्ने।