बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
५/१७ (७६६)
औं बैठक
समिति
९३%
उपस्थिति
उपस्थिति
१५ मध्ये १४ उपस्थित
२०८३ भाद्र २
बैठक मिति
३ घण्टा
बिहान ११:१५ बजे – दिउँसो २:१५ बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ५/१७ (७६६)

२०८३ भाद्र २
३ घण्टा
सम्पन्न
३ घण्टा
अवधि
१४
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र २

विधायन व्यवस्थापन समिति को ५/१७ (७६६) औं बैठक २०८३ भाद्र २ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये १४ उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:

कार्यसूची

१. विधायिकी अन्तरसम्बन्ध र ऐन कार्यान्वयन मापनका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास,

२. विविध।

बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको बैठकमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धका विषयमा अन्तर्राष्ट्रिय अभ्यास उपर संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नु भयो। विज्ञ सदस्यले प्रस्तुत गर्नुभएको कार्यपत्र उपर माननीय सदस्यले आफ्नो धारणा, सुझाव र राय राख्नु भयो ।


२०८३ साउन ४ गतेको बैठकको निर्णयले गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिलाई दिइएको १ महिना समय अध्ययन, छलफल र प्रतिवेदन लेखनका लागि अपुग भएको विषयमा सम्बन्धित उपसमिति संयोजकहरूले राखेको प्रस्ताव उपर छलफल गरी १५ दिन समय थप गर्ने निर्णय भयो।


समितिका माननीय सदस्यहरूले कार्यपत्र प्रस्तुतिका लागि संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटालाई आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो।


उपस्थिति रजिष्टर १५ मध्ये १४ उपस्थित
१५
कुल सिट
१४
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
जनता समाजवादी पार्टी नेपाल
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
१००%
नेपाली काँग्रेस
८३%