ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को ६ औं बैठक २०८३ श्रावण २६ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये ७ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
१. “कानूनी सहायता सम्बन्धी ऐन, २०५४” को व्यवस्था र कार्यान्वयन अवस्था सम्बन्धमा सरोकारवालासँग छलफल,
२. विविध ।
यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको बैठकमा “कानूनी सहायता सम्बन्धी ऐन, २०५४” सम्बन्धमा माननीय मन्त्री सोविता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, माननीय महान्यायाधिवक्ता डा. नारायण दत्त कडेल र केन्द्रीय कानूनी सहायता समितिका पदाधिकारीहरूसँग समितिका सदस्यहरूले छलफल गर्नुभयो ।
उक्त ऐनको कार्यान्वयनको अवस्था, कानुनी तथा संस्थागत व्यवस्था, व्यवहारिक समस्या तथा चुनौती र सुधारका सम्भावित उपायका सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्राप्त गरियो।
निर्णय
१. “कानूनी सहायता सम्बन्धी ऐन, २०५४” सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्रतिवेदनमा समावेश गर्ने निर्णय भयो ।