ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति को ५ औं बैठक २०८३ श्रावण २५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये ६ उपस्थित
यस उपसमितिको बैठक उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बस्यो ।
बैठकमा माननीय सदस्यहरुको उपस्थिति र निर्णय देहाय बमोजिम रहेको छः-
१. “विद्युतीय कारोबार ऐन, २०६३” को व्यवस्था र कार्यान्वयन अवस्था सम्बन्धमा सरोकारवालासँग छलफल,
२. विविध ।
यस उपसमितिका संयोजक डा. अन्जान शाक्यको संयोजकत्वमा बसेको बैठकमा “विद्युतीय कारोबार ऐन, २०६३” सम्बन्धमा विज्ञ डा. श्रीकृष्ण भट्टराई, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल राष्ट्र बैंक, साईबर ब्यूरो लगायतका सम्बन्धित निकायसँग समितिका सदस्यहरूले छलफल गर्नुभयो ।
उक्त ऐनको कार्यान्वयनको अवस्था, कानुनी तथा संस्थागत व्यवस्था, व्यवहारिक समस्या तथा चुनौती र सुधारका सम्भावित उपायका सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्राप्त गरियो।
निर्णय
१. “विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन,२०६३” सम्बन्धमा जानकारी, धारणा तथा सुझाव प्रतिवेदनमा समावेश गर्ने निर्णय भयो ।
२. उपसमितिको आगामी बैठक मिति २०८३ साउन २६ गते दिउँसो ०१:०० बजे “कानूनी सहायता सम्बन्धी ऐन, २०५४” र दिनको ०४:०० बजे “सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७” को व्यवस्था र कार्यान्वयन अवस्थाका सम्बन्धमा बस्ने निर्णय भयो ।
३. “सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७” को छलफलमा विज्ञको रूपमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई विज्ञको रूपमा आमन्त्रित गर्ने निर्णय भयो।