विधायन व्यवस्थापन समिति को ५/२३ (७७२) औं बैठक २०८३ भाद्र १८ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ४५ मिनेट सम्म संचालन भयो। १५ मध्ये २२ उपस्थित
१. नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि दफावार छलफल
२. विविध
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको बैठकमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, संशोधनकर्ता माननीय सदस्यहरू , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री वीरेन्द्र कुमार यादव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री दल बहादुर अधिकारी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री लिलाधर सुवेदीको उपस्थितिमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि दफावार छलफल भयो।
विधेयकका विभिन्न दफामाथि प्राप्त धारणा, सुझाव तथा स्पष्टीकरणसमेतलाई ध्यानमा राखी “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” लाई सर्वसम्मतिले प्रस्तुत रूपमा पारित गर्ने निर्णय भयो।