विधायन व्यवस्थापन समिति को ५/२२ (७७१) औं बैठक २०८३ भाद्र १७ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा ४५ मिनेट सम्म संचालन भयो। १५ मध्ये २१ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
१. "नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि दफावार छलफल
२ विविध
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा माननीय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, संशोधनकर्ता माननीय सदस्यहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री वीरेन्द्र कुमार यादव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव श्री पाराश्वार ढुङ्गाना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव श्री दल बहादुर अधिकारी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री लिलाधर सुवेदीको उपस्थितिमा “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि सैद्धान्तिक एवं दफावार छलफल भयो।