बैठक विवरण
कानुन, न्याय तथा मानव अधिकार समिति को १९ औं बैठक २०८३ कार्तिक १९ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये २० उपस्थित
कार्यक्रमः-
मितिः २०८३/0७/१९ गते, बिहीबार,
समयः दिनको १२:00 बजे,
स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्घीय संसद् सचिवालय, सिंहदरबार, काठमाडौँ।
कार्यसूची
- मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल सम्बन्धमा,
- विविध सम्बन्धमा।
बैठक कार्यविवरण
छलफल:
- समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं १ मा रहेको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल भयो। विधेयकको सम्बन्धमा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुप बहादुर थापा, गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल, नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य शारदा गुरुङ, नेपाल बार एसोसियसनका अध्यक्ष विजय प्रसाद मिश्र, नेपाल नगरपालिका सङ्घका अधिवक्ता ज्योति शर्मा र काठमाडौँ महानगरपालिकाको न्यायिक समितिको प्रतिनिधि सुशिल कुवँरले आ-आफ्ना धारणा राख्नुभयो। तत्पश्चात्, माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल सरकारको तर्फबाट धारणा प्रस्तुत गर्नुभयो। त्यसपछि, ललितपुर महानगरपालिकाका न्यायिक समिति संयोजक मञ्जली शाक्य बज्रचार्यले धारणा व्यक्त गर्नुभयो। तत्पश्चात्, माननीय सदस्यहरू नीनु कुमारी कर्ण, साजिदा खातुन सिद्धिकी र मनमाया विश्वकर्माले जिज्ञासा राख्नुभयो। त्यसपछि, माननीय सदस्यहरूले उठाउनु भएका जिज्ञासामाथि ललितपुर महानगरपालिकाका न्यायिक समिति संयोजक मञ्जली शाक्य बज्रचार्यले स्पष्टीकरण दिनुभयो। तत्पश्चात्, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मान बहादुर अर्यालले थप प्रष्ट पार्नुभयो।
- कार्यसूचीको बुँदा नं २ मा रहेको विविध अन्तर्गत माननीय सदस्यहरू बलावती शर्माले बाढी पीडितको पुनःस्थापना र पुनःनिर्माण, साजिदा खातुन सिद्धिकीले राष्ट्रिय एकता, अफ्साना बानुले चाडपर्वमा सवारी व्यवस्थापन र मदनकृष्ण श्रेष्ठले सरकारको पछिल्लो कार्यसम्पादन लगायतका विषयमा भनाई प्रस्तुत गर्नुभयो।
बैठक समापन :-
समितिको आगामी बैठक अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
उपस्थिति रजिष्टर
कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १९ · २०८३ कार्तिक १९ · दिउँसो १२:०० देखि दिउँसो ३:०० सम्म
आजको उपस्थिति
७४%
सदस्य उपस्थित
कुल २७ सदस्यमध्ये २० जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२७
उपस्थित
२० (७४%)
अनुपस्थित
७ (२६%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१९
उपस्थित
१३
अनुपस्थित
६
प्रतिशत
६८%
नेपाली काँग्रेस
कुल सदस्य
४
उपस्थित
३
अनुपस्थित
१
प्रतिशत
७५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२
उपस्थित
२
अनुपस्थित
०
प्रतिशत
१००%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%