बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
औं बैठक
समिति
५९%
उपस्थिति
उपस्थिति
२७ मध्ये १६ उपस्थित
२०८३ श्रावण ३
बैठक मिति
३ घण्टा
बिहान ९:०० बजे – दिउँसो १२:०० बजे
प्रतिनिधि सभा समिति

कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक ९

२०८३ श्रावण ३
३ घण्टा
सम्पन्न
३ घण्टा
अवधि
१६
कुल उपस्थित
११
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण ३

कानुन, न्याय तथा मानव अधिकार समिति को ९ औं बैठक २०८३ श्रावण ३ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये १६ उपस्थित

कार्यक्रमः-

मितिः २०८३/०४/०३ गते, आइतबार

समयः बिहान ९:०० बजे

स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्‌घीय संसद् सचिवालय, सिंहदरबार,काठमाडौँ।

कार्यसूची
  1. बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, 2083 उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल,
  2. विविध।
बैठक कार्यविवरण

छलफल:

समितिको आजको बैठकमा कार्यसूचीको बुदाँ नं. १ अन्तर्गत रहेको बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, 2083 उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल भयो। छलफलका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्ण बहादुर राउत र सहसचिव चक्र बहादुर बुढाले प्रस्तुतीकरण दिनुभयो। त्यसपछि माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नेपाल सरकारको तर्फबाट आफ्नो धारणा राख्नु भयो। तत्पश्चात् माननीय सदस्यहरू भुमिका श्रेष्ठ, नीनु कुमारी कर्ण, कन्हैया बनिया, मोहन लाल आचार्य, सरस्वती लामा, रुबिना आचार्य, मधु कुमार चौलागाई, मनिष खनाल, मनमाया विश्वकर्मा, सुष्मा स्वर्णकार (डिम्पल), खिमा वि.क. र सुलभ खरेलले आ-आफ्नो जिज्ञासा एवम् भनाई राख्नुभयो। माननीय सदस्यहरूले उठाउनु भएको ज्ञिजासामाथि माननीय मन्त्री सिता बादी र मन्त्रालयका सहसचिव चक्र बहादुर बुढाले थप सम्बोधन गर्नुभयो। बैठकमा कार्यसूचीको बुदाँ नं. २ विविध अन्तर्गत माननीय सदस्यहरू स्मृति सेन्चुरीले अनाथ बालबालिकाको जन्मदर्ता र नागरिकताका सम्बन्धमा, मनिष खनालले हुप्सेकोटको पहिरो पीडित परिवारका सम्बन्धमा, नीनु कुमारी कर्णले सप्तरी कारागार र सुलभ खरेलले मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया लगायतका विषयमा आ-आफ्नो धारणा राख्नुभयो।


निर्णयः

बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, 2083 उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग गरेको छलफल समेतका आधारमा तत्काल सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुपर्ने आवश्यक देखिएकोले समितिले देहायको निर्णय गरेको छ।

  1. प्रतिवेदनमाथि बैठकमा उपस्थित महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री, समितिका माननीय सदस्यहरू, मन्त्रालयका सचिव एवम् सम्बद्ध पदाधिकारीहरूबाट प्राप्त रचनात्मक तथा व्यावहारिक सुझावहरू समेतलाई आवश्यकताअनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयनयोग्य, व्यावहारिक, नतिजामुखी बनाउने र समितिको आगामी बैठकमा पेस गर्ने।
  2. हाल सञ्चालनमा रहेको रुपन्देही बाल सुधार गृहको भवन साँघुरो तथा अनुपयुक्त भएको भन्ने बेहोरासहितको सुझाव उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त भएकाले जिल्ला समन्वय समिति, रुपन्देहीको नवनिर्मित भवनमा उक्त बाल सुधार गृहलाई तत्काल स्थानान्तरण गरी हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति, रुपन्देहीलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनु उपयुक्त देखिएको हुँदा सो कार्यका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत अन्य सम्बन्धित मन्त्रालय एवम् निकायहरूसँग आवश्यक समन्वय गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिने।
  3. बाल सुधार गृहहरूको भौतिक पूर्वाधारको तत्काल विस्तार तथा क्षमता अभिवृद्धि गर्न प्राविधिक वा व्यावहारिक रूपमा असहज भए तापनिविद्यमान चाप र समस्यालाई दृष्टिगत गरी तत्काल यसको वैकल्पिक प्रबन्ध गर्न आवश्यक देखिएको हुँदा सुधार गृहहरूको क्षमता अनुकूल बालबालिकाहरूलाई मानवोचित रूपमा राख्ने प्रबन्ध मिलाउन अन्य सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी सोको शीघ्र सुरुवातका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने।
  4. बाल सुधार गृहमा रहेका बालबालिकाको पोषणका लागि हाल कैदीबन्दी सरह उपलब्ध गराइँदै आएको दैनिक सिदा तथा रकम अपर्याप्त देखिएको हुँदा बालबालिकाहरूको उमेर र शारीरिक आवश्यकता अनुकूलको उपयुक्त पोषण तथा खाद्यान्न व्यवस्थापनको लागि तत्काल आवश्यक निर्णय गरी कार्यान्वयन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय एवम् गृह मन्त्रालयलाई निर्देशन दिने।

बैठक समापन :-

  1. समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।


उपस्थिति रजिष्टर २७ मध्ये १६ उपस्थित
२७
कुल सिट
१६
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
५८%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%