कानुन, न्याय तथा मानव अधिकार समिति को ७ औं बैठक २०८३ असार २५ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई २ घण्टा ३० मिनेट सम्म संचालन भयो। २७ मध्ये २० उपस्थित
- बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन,2083 पेस र छलफल,
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको समयावधि थप,
- विविध।
छलफल:
समितिको आजको बैठकमा कार्यसूचीको बुदाँ नं. २ अन्तर्गत रहेको विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको समयावधि थप गर्ने सम्बन्धमा छलफल भयो।तत्पश्चात् बैठकको कार्यसूचीको बुदाँ नं. १ अन्तर्गत रहेको बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको संयोजक माननीय नीनु कुमारी कर्णले बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सङ्क्षिप्त वक्तव्यसहित समिति समक्ष पेस गर्नु भयो।त्यसपछि यस प्रतिवेदनको विषयमा माननीय सदस्यहरू मधु कुमार चौलागाई, मनमाया विश्वकर्मा, बलावती शर्मा, सरस्वती लामा, मोहन लाल आचार्य, भुमिका श्रेष्ठ, प्रकाश चन्द्र परियार, साजिदा खातुन सिद्धिकी, सुलभ खरेल, नरेन्द्र साह कलवार र मदन कृष्ण श्रेष्ठले आ-आफ्नो धारणा राख्नुभयो।
निर्णयः
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई थप वस्तुनिष्ठ, तथ्यपरक तथा व्यावहारिक बनाउन थप समय आवश्यक देखिएकाले, उपसमितिको पूर्वनिर्धारित कार्यावधि समाप्त भएको मितिदेखि लागू हुने गरी १५ (पन्ध्र) दिनको समयावधि थप गर्ने।
- बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन ग्रहण गर्ने र सो प्रतिवेदनउपर समितिका आगामी बैठकहरूमा छलफल गरी माननीय सदस्यहरूको सुझावसमेत समावेश गरेर पारित गर्ने।
बैठक समापन :-
- समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।