बैठक विवरण
कानुन, न्याय तथा मानव अधिकार समिति को १५ औं बैठक २०८३ आश्विन १४ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये १६ उपस्थित
कार्यक्रमः-
मितिः २०८३/0६/१४ गते, बुधबार,
समयः बिहान 9:3० बजे,
स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्घीय संसद् सचिवालय, सिंहदरबार, काठमाडौँ।
कार्यसूची
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित सम्बन्धमा,
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ सदनमा पेस सम्बन्धमा,
- विविध सम्बन्धमा।
बैठक कार्यविवरण
छलफल:
- समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं १ मा रहेको विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल भयो। छलफलका क्रममा सुधारका लागि सुझाव तथा सिफारिस खण्डको वाचन समिति सचिव रामहरि थापाले गर्नुभयो। तत्पश्चात् माननीय सदस्यहरू बलावती शर्मा, मोहन लाल आचार्य, सरस्वती लामा, मनिष खनाल, प्रकाश चन्द्र परियार, साजिदा खातुन सिद्धिकी, स्मृति सेन्चुरी, नीनु कुमारी कर्ण, खिमा वि. क. र अफ्साना बानुले आ-आफ्ना धारणा राख्नुभयो।
- कार्यसूचीको बुँदा नं ३ विविध अन्तर्गत माननीय सदस्य सुलभ खरेलले न्यायिक प्रशासनको मौजुदा अवस्था, माननीय सदस्य बलावती शर्माले बागलुङ र म्याग्दीको बाढी र माननीय सदस्य कन्हैया बनियाले मधेश आन्दोलन, जेनजी आन्दोलन लगायतका विषयमा भनाई राख्नुभयो।
निर्णयः
- विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ लाई समितिका माननीय सदस्यहरुबाट प्राप्त राय-सुझावहरूसमेत समेटी परिमार्जनसहित बहुमतले पारित गर्ने।
- समितिबाट परिमार्जनसहित पारित भएको विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७८ को उपनियम (११) एवम् ऐ.ऐ. नियमावलीको नियम १८९ बमोजिम प्रतिनिधि सभाको बैठकमा समितिका माननीय सभापतिबाट पेस गर्ने आवश्यक प्रबन्धको लागि सम्माननीय सभामुखलाई लिखित पत्राचार गर्ने।
बैठक समापन :-
- समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
उपस्थिति रजिष्टर
कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १५ · २०८३ आश्विन १४ · बिहान ९:३० देखि दिउँसो १२:३० सम्म
आजको उपस्थिति
५९%
सदस्य उपस्थित
कुल २७ सदस्यमध्ये १६ जना बैठकमा उपस्थित थिए र ११ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२७
उपस्थित
१६ (५९%)
अनुपस्थित
११ (४१%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१९
उपस्थित
१२
अनुपस्थित
७
प्रतिशत
६३%
नेपाली काँग्रेस
कुल सदस्य
४
उपस्थित
१
अनुपस्थित
३
प्रतिशत
२५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२
उपस्थित
१
अनुपस्थित
१
प्रतिशत
५०%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%