विधायन व्यवस्थापन समिति को ५/३१(७८०) बैठक २०८३ आश्विन १३ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा १० मिनेट सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
- आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल
- विविध
१. आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भयो।
बैठकमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बद्ध कर्मचारीहरू र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध कर्मचारीहरू लगायतको उपस्थितिमा भएको छलफलमा सहभागीहरूले आआफ्नो धारणा राख्नु भयो।
तदनन्तर समितिको आगामी बैठक अर्को सूचना बमोजिम बस्ने गरी आजको बैठक सम्पन्न भयो।
विधायन व्यवस्थापन समिति - बैठक ५/३१(७८०) · २०८३ आश्विन १३ · दिउँसो २:३० देखि साँझ ४:४० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।