विधायन व्यवस्थापन समिति को ५/३०(७७९) बैठक २०८३ आश्विन १३ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ४ घण्टा सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
- आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालासँग छलफल
- विविध
छलफल तथा निर्णय:-
१. आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालाहरूसँग छलफल सम्पन्न भयो।
बैठकमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, पूर्व सचिवहरू, विषय विज्ञहरू, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू, वायुसेवा सञ्चालक संघ नेपालका सम्बद्ध प्रतिनिधिहरू, नेपाल एयरलाइन्सका सम्बद्ध प्रतिनिधिहरू, नेपाल बिमक संघका सम्बद्ध प्रतिनिधिहरू, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सम्बद्ध प्रतिनिधिहरू लगायतको उपस्थितिमा भएको छलफलमा सहभागीहरूले आआफ्नो धारणा राख्नु भयो।
तदनन्तर समितिको आगामी बैठक अर्को सूचना बमोजिम बस्ने गरी आजको बैठक सम्पन्न भयो।
विधायन व्यवस्थापन समिति - बैठक ५/३०(७७९) · २०८३ आश्विन १३ · दिउँसो १२:३० देखि साँझ ४:३० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।