विधायन व्यवस्थापन समिति को ५/२८(७७७) बैठक २०८३ भाद्र ३० मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ५० मिनेट सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
- “संक्रामक पशु रोग (नियन्त्रण), विधेयक, २०८३” को मस्यौदा प्रतिवेदन उपर छलफल सम्बन्धमा,
- विविध।
छलफल तथा निर्णय:-
१. आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण), विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन माथि छलफल सम्पन्न भयो।
बैठकमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव लगायतका सम्बद्ध कर्मचारीहरू र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध कर्मचारीहरू लगायतको उपस्थितिमा भएको छलफलमा सहभागीहरूले आआफ्नो धारणा राख्नु भयो।
२. “संक्रामक पशु रोग (नियन्त्रण), विधेयक, २०८३” को मस्यौदा प्रतिवेदन परिमार्जन सहित पारित गर्ने र पारित प्रतिवेदन राष्ट्रिय सभाको २०८३ भदौ ३१ गतेको बैठकमा पेस गर्ने निर्णय भयो ।
तदनन्तर समितिको आगामी बैठक अर्को सूचना बमोजिम बस्ने गरी आजको बैठक सम्पन्न भयो।
विधायन व्यवस्थापन समिति - बैठक ५/२८(७७७) · २०८३ भाद्र ३० · बिहान ११:०० देखि दिउँसो १२:५० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १२ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।