विधायन व्यवस्थापन समिति को ७८४ औं बैठक २०८३ आश्विन १७ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये ८ उपस्थित
यस समितिको बैठक देहायको कार्यसूचीमा छलफल गर्न माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरूको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ:
- संसदीय समितिको प्रभावकारिताका आयामहरूमाथि विधायन व्यवस्थापन समिति र कर्णाली प्रदेश सभाका सदस्यहरूसँग अनुभव आदान–प्रदान कार्यक्रम सम्बन्धमा,
- विविध।
विषय:- संसदीय समितिको प्रभावकारिताका आयामहरूमाथि विधायन व्यवस्थापन समिति र कर्णाली प्रदेश सभाका सदस्यहरूसँग अनुभव आदान–प्रदान कार्यक्रम ।
छलफल
आज समितिका माननीयसभापतिकृष्णबहादुररोकायकोसभापतित्वमाबसेकोसमितिकोबैठकमासंसदीय समितिको प्रभावकारिताका आयामहरूमाथि विधायन व्यवस्थापन समिति र कर्णाली प्रदेश सभाका सदस्यहरूसँग अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भयो।
बैठकमा माननीय सदस्यहरू, राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरू, कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति, सदस्यहरूतथा समिति सचिव लगायतको उपस्थितिमा भएको अनुभव आदान प्रदान कार्यक्रममा माननीय सदस्यहरूले आआफ्नो अनुभव आदान प्रदान गर्नु भयो।
तदनन्तरसमितिकोआगामीबैठकअर्कोसूचनाबमोजिमबस्नेगरीआजकोबैठकसम्पन्नभयो।
विधायन व्यवस्थापन समिति - बैठक ७८४ · २०८३ आश्विन १७ · बिहान ११:३० देखि दिउँसो २:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये ८ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।