बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१०
औं बैठक
समिति
५७%
उपस्थिति
उपस्थिति
३० मध्ये १७ उपस्थित
२०८३ असार ३१
बैठक मिति
२ घण्टा
बिहान ८:०० बजे – बिहान १०:०० बजे
प्रतिनिधि सभा समिति

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति - बैठक १०

२०८३ असार ३१
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
१७
कुल उपस्थित
१३
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार ३१

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को १० औं बैठक २०८३ असार ३१ मा समिति सभापति मा. रहबर अन्सारी को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। ३० मध्ये १७ उपस्थित

कार्यसूची

कार्यसूचिः १. खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफल,

२. विविध ।

बैठक कार्यविवरण

छलफल/ निर्णय:

समितिको आजको बैठकमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री, सचिव, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक, नेपाल आयल निगमका पदाधिकारी र नेपाल एल.पी. ग्यास उद्योग संघका पदाधिकारीहरुसँग छलफल भयो। छलफलपश्चात समितिले देहाय बमोजिम निर्णय गर्यो:

  1. खाना पकाउने एल.पी. ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या नियन्त्रण गर्न र ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,
  2. एल.पी. ग्यासको भण्डारण क्षमता विस्तार गर्न तत्काल रणनीतिक योजना निर्माण गरी कार्यान्वयनका लागि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,
  3. एल.पी. ग्यास आपूर्तिमा देखिएका समस्याको दीर्घकालीन व्यवस्थापनका लागि ग्यास पाइपलाइन विस्तारका सम्भावना र त्यसको प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी समितिमा एक महिना भित्र विवरण उपलब्ध गराउन नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,
  4. पूराना ग्यास सिलिन्डरको प्रयोगबाट उपभोक्तालाई पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि नियमित अनुगमन गर्न र जनस्तरमा चेतना वृद्धिका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिने,
  5. नेपालमा आयात हुने तथा आन्तरिक बजारमा वितरण हुने एल.पी ग्यासको गुणस्तर कायम गर्न तथा ग्यास सिलिन्डर भित्र ग्यासको तौल सुनिश्चितता निर्धारण लगायत सुरक्षाका मापदण्डहरु समेत चेकजाँचका लागि प्रयोगशाला निर्माणका लागि आवश्यक पहल गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,
  6. नेपालमा वितरित ग्यास सिलिन्डरहरुको ट्रयाकिङ गर्ने संयन्त्र एक महिना भित्र निर्माण गरी उत्पादक, वितरक र उपभोक्तासँग रहेको वास्तविक मौज्दात यकिन गरी एल.पी ग्यास सिलिन्डरहरुको एकीकृत तथ्याङ्क व्यवस्थापन गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने।

तत्पश्चात् समितिको बैठक अर्को सूचना भएपछि बस्नेगरी स्थगित भयो ।



........... .............

(गोपाल सिग्देल) (मा. रहबर अन्सारी)

समिति सचिव सभापति


उपस्थिति रजिष्टर ३० मध्ये १८ उपस्थित
३०
कुल सिट
१८
कुल उपस्थित
१२
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली काँग्रेस
७५%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
५७%
नेपाली कम्युनिष्ट पार्टी
५०%