विधायन व्यवस्थापन समिति को ५/२५(७७४) बैठक २०८३ भाद्र २८ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा समितिका माननीय सदस्यहरू, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, माननीय मन्त्री र मन्त्रालय सम्बद्ध पदाधिकारी तथा कर्मचारीको उपस्थिति देहाय बमोजिम रहेको छ:
- संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि दफावार छलफल सम्बन्धमा,
- विविध।
- आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण), विधेयक, २०८३ माथि दफावार छलफल सम्पन्न भयो।
बैठकमा माननीय कृषि, वन तथा पर्यावरण मन्त्री, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव लगायतका सम्बद्ध कर्मचारीहरू र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध कर्मचारीहरू लगायतको उपस्थितिमा भएको छलफलमा सहभागीहरूले आआफ्नो धारणा राख्नु भयो।
तदनन्तर समितिको आगामी बैठक अर्को सूचना बमोजिम बस्ने गरी आजको बैठक सम्पन्न भयो।
विधायन व्यवस्थापन समिति - बैठक ५/२५(७७४) · २०८३ भाद्र २८ · बिहान ११:०० देखि दिउँसो २:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १२ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।