विधायन व्यवस्थापन समिति को ७८७ औं बैठक २०८३ कार्तिक १७ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित
यस समितिको बैठक देहायको कार्यसूचीमा छलफल गर्न माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरूको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ:
- ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदन माथि छलफल,
- विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिको प्रतिवेदनमाथि छलफल भयो। बैठकमा माननीय सदस्यहरूले ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिको प्रतिवेदन माथि आआफ्नो धारणा प्रस्तुत गर्नु भयो।तत् पश्चात उक्त प्रतिवेदन आवश्यक परिमार्जन सहित पारित भयो।
बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिले दिएका सुझावहरू ग्रहण गर्दै संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७, मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन,२०५५ र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को चरणबद्धरूपमा ऐन कार्यान्वयन मापन गर्ने निर्णय भयो ।
साथै, ऐन कार्यान्वयन मापन तथा विधायिकी अन्तरसम्बन्धको अवस्था अध्ययन गर्नको लागि पहिलो चरणमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेश सरकार, प्रदेश सभा तथा उक्त प्रदेशरूमा विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमितिले सिफारिस गरेका जिल्ला तथा स्थानीय तहहरूको अनुगमन भ्रमण कार्यक्रम यही मंसिरको दोस्रो साता भित्र गर्ने गरी निर्णय भयो।
तदनन्तर समितिको आगामी बैठक अर्को सूचना बमोजिम बस्ने गरी आजको बैठक सम्पन्न भयो।
विधायन व्यवस्थापन समिति - बैठक ७८७ · २०८३ कार्तिक १७ · दिउँसो २:०० देखि साँझ ४:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १२ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।