विधायन व्यवस्थापन समिति को ५/२० (७६९) औं बैठक २०८३ भाद्र १० मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये १९ उपस्थित
यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:
१. संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञहरूसँग छलफल सम्बन्धमा,
२. विविध।
आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको बैठकमा “संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” का संशोधनकर्ता माननीयज्यूहरू, सम्बन्धित विषयका विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरू, नेपाल नगरपालिका संघका अध्यक्ष, पशु सेवा विभागका महानिर्देशक, भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक, नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष, नेपाल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का अध्यक्ष, निवर्तमान अध्यक्ष, नेपाल भेटेरिनरी एसोसिएसन तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थितिमा “संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” माथि छलफल भयो। साथै, उपस्थित विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले विधेयकका विभिन्न व्यवस्था, संक्रामक पशु रोगको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो।