बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
पाँचौँ
बैठक
समिति
८६%
उपस्थिति
उपस्थिति
२९ मध्ये २५ उपस्थित
२०८३ जेठ १
बैठक मिति
३ घण्टा २८ मिनेट
बिहान ११:०८ बजे – दिउँसो २:३६ बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ५

२०८३ जेठ १
३ घण्टा २८ मिनेट
सम्पन्न
३ घण्टा २८ मिनेट
अवधि
२५
कुल उपस्थित
४
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ जेठ १

कृषि तथा प्राकृतिक स्रोत समिति को पाँचौँ बैठक २०८३ जेठ १ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ३ घण्टा २८ मिनेट सम्म संचालन भयो। २९ मध्ये २५ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।

कार्यसूची

१) कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल,

२) विविध।

बैठक कार्यविवरण

छलफल:

कृषि, सहकारीतथा प्राकृतिक स्रोतसमितिको आजको बैठकसमितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री श्री गीता चौधरी तथा सचिव डा. राजेन्द्र प्रसाद मिश्र लगायतकापदाधिकारीहरूसँग मन्त्रालयको हालसम्मको प्रगति, कृषि क्षेत्रका विद्यमान समस्या, र भावी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल भयो। उक्त बैठकमा मन्त्रालयको प्रस्तुतिपश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:

  1. मा. शम्भु प्रसाद ढकाल
  2. मा. गीता कुमारी सेन्दाङ
  3. मा. पूनम कुमारी अग्रवाल
  4. मा. के.पी. खनाल
  5. मा. सागर ढकाल
  6. मा. चन्देश्वर मण्डल
  7. मा. ताहीर अलि भाट
  8. मा. माधव बहादुर थापा
  9. मा. खगेन्द्र कर्ण
  10. मा. कोमल ज्ञवाली
  11. मा. संतोष सुब्वा
  12. मा. ज्ञानेन्द्र सिंह महता
  13. मा. जनक सिंह धामी
  14. मा. सुरेश कुमार चौधरी
  15. मा. सुजाता तामाङ
  16. मा. राजिव खत्री
  17. मा. जोग कुमार बरबरिया यादव
  18. मा. गंगालक्ष्मी अवाल
  19. मा. वसु माया तामाङ
  20. मा. आसिका तामाङ
  21. मा. प्रेम बहादुर बयक
  22. मा. समिना मिया
  23. मा. प्रमोद कुमार महतो

निर्णय:

छलफलमा समितिका माननीय सदस्यहरूले उठान गर्नुभएका मुख्य मुख्य विषयहरूका आधारमा समितिले मन्त्रालयलाई देहायबमोजिम सुझाव दिने निर्णय गर्‍योः

  1. किसानलाई समयमै रासायनिक मल वितरण सुनिश्चित गर्ने,
  2. मल वितरण प्रणालीलाई डिजिटल ट्र्याकिङ प्रणालीमा आबद्ध गर्ने,
  3. मल खरिद तथा वितरणमा हुने अनियमितताको छानबिन तथा अनुगमन कडा गर्ने,
  4. पाइलटिङ्ग परियोजनाको रूपमा कृषि एम्बुलेन्सको व्यवस्था गर्ने,
  5. बर्ड फ्लु, रोग, बाढी तथा विपदबाट प्रभावित कृषकलाई राहत तथा क्षतिपूर्ति वितरण प्रभावकारी बनाउने,
  6. बाली तथा पशुपन्छी बिमाको दाबी भुक्तानी प्रणाली सरल र प्रभावकारी बनाउने,
  7. नार्क, विश्वविद्यालय तथा मन्त्रालयबीच समन्वय संयन्त्र स्थापना गर्ने,
  8. माटो परीक्षण सेवा विस्तार तथा डिजिटल Soil Map अद्यावधिक गर्ने,
  9. स्वदेशमै उन्नत बिउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने,
  10. कृषि वैज्ञानिक तथा प्राविधिक जनशक्ति पलायन रोक्न प्रोत्साहनात्मक कार्यक्रम लागु गर्ने,
  11. कृषि सामग्री संकलन केन्द्र, शीत भण्डार तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने,
  12. उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने,
  13. अनुदान र नतिजाबीच आबद्धता कायम गरी अनुगमन प्रणाली सुदृढ बनाउने,
  14. कृषि विकास रणनीति पुनरावलोकन गरी कार्यान्वयन कार्ययोजना लागु गर्ने,
  15. विषादीमुक्त तथा अर्गानिक उत्पादन क्षेत्र (Organic Zones) विकास गर्ने,
  16. जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली तथा प्राकृतिक स्रोत संरक्षण कार्यक्रम संस्थागत गर्ने।
उपस्थिति रजिष्टर

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ५ · २०८३ जेठ १ · बिहान ११:०८ देखि दिउँसो २:३६ सम्म

आजको उपस्थिति

८६% सदस्य उपस्थित

कुल २९ सदस्यमध्ये २५ जना बैठकमा उपस्थित थिए र ४ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २५ / २९
कुल सदस्य २९
उपस्थित २५ (८६%)
अनुपस्थित ४ (१४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य २१ उपस्थित १७ अनुपस्थित ४ प्रतिशत ८१%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित ३ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची