कृषि तथा प्राकृतिक स्रोत समिति को दोस्रो बैठक २०८३ बैशाख २३ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २९ मध्ये १७ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
१) समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल,
२) विविध।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा समितिका माननीय सदस्यहरू र सचिवालयका कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न हुनुका साथै समिति सचिवद्वारा समितिको आगामी कार्यदिशाबारे विस्तृत प्रस्तुतीकरण गरियो। समितिको कार्यप्रणालीलाई थप व्यवस्थित र समावेशी बनाउन सबै राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी देहाय बमोजिमको कार्यविधि मस्यौदा उपसमिति गठन गर्ने निर्णय भयो:
क्र.सं.नाम, थर१मा. के.पी. खनाल - संयोजक २मा. कोमल ज्ञवाली - सदस्य ३मा. ताहीर अलि भाट - सदस्य ४मा. प्रेम बहादुर बयक - सदस्य ५मा. संतोष सुब्वा - सदस्य ६मा. लक्ष्मी प्रसाद पोखरेल - सदस्य ७मा. वसु माया तामाङ - सदस्यकृषि तथा प्राकृतिक स्रोत समिति - बैठक २ · २०८३ बैशाख २३ · दिउँसो १:१० देखि साँझ ४:१० सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये १७ जना बैठकमा उपस्थित थिए र १२ जना अनुपस्थित थिए।