कृषि तथा प्राकृतिक स्रोत समिति को तेस्रो बैठक २०८३ बैशाख २५ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई २ घण्टा ५० मिनेट सम्म संचालन भयो। २९ मध्ये २१ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल,
- विविध।
छलफल:
कृषि, सहकारी तथा प्राकृतिकस्रोत समितिको आजकोबैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननीय मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल लगायतका पदाधिकारीहरूसँग मन्त्रालयको वर्तमान अवस्था, सेवा प्रवाह, भूमि व्यवस्थापन, सहकारी क्षेत्रको सुधार तथा गरिबी निवारणसम्बन्धी विषयमा विस्तृत छलफल भयो। उक्त बैठकमा मन्त्रालयको प्रस्तुतिपश्चात देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:
- मा. सागर ढकाल
- मा. उत्तम प्रसाद पौडेल
- मा. लक्ष्मी प्रसाद पोखरेल
- मा. के.पी. खनाल
- मा. वसु माया तामाङ
- मा. सुरेश कुमार चौधरी
- मा. शम्भु प्रसाद ढकाल
- मा. आसिका तामाङ
- मा. संतोष सुब्वा
- मा. समिना मिया
- मा. ताहीर अलि भाट
- मा. राजिव खत्री
- मा. सुजाता तामाङ
- मा. पूनम कुमारी अग्रवाल
- मा. माधव बहादुर थापा
- मा. प्रेम बहादुर बयक
- मा. गंगालक्ष्मी अवाल
निर्णय:
छलफलमा समितिका माननीय सदस्यहरूले उठान गर्नुभएका मुख्य मुख्य विषयहरूका आधारमा समितिले मन्त्रालयलाई देहायबमोजिम सुझाव दिने निर्णय गर्योः
- सहकारीका साना बचतकर्ताको वचत फिर्ता गर्ने कार्यलाई यथाशक्य छिटो सम्पन्न गर्ने,
- सहकारी बचत अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति पहिचान, रोक्का तथा असुली गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाउने,
- वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरी लालपुर्जा वितरण गर्ने कार्य समयसीमा तोकी सम्पन्न गर्ने,
- मालपोत तथा नापीसम्बन्धी सेवालाई स्थानीय तहमार्फत प्रवाह गर्ने कार्यलाई क्रमशः सम्पूर्ण स्थानीय तहमा विस्तार गर्ने,
- कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने,
- भिरालो तथा जोखिमयुक्त क्षेत्रमा अव्यवस्थित डोजर प्रयोग नियन्त्रण गर्ने।
कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ३ · २०८३ बैशाख २५ · दिउँसो १:१० देखि साँझ ४:०० सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये २२ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।