बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
छैटौँ
बैठक
समिति
६९%
उपस्थिति
उपस्थिति
२९ मध्ये २० उपस्थित
२०८३ जेठ १३
बैठक मिति
१ घण्टा ३१ मिनेट
बिहान ९:२४ बजे – बिहान १०:५५ बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ६

२०८३ जेठ १३
१ घण्टा ३१ मिनेट
सम्पन्न
१ घण्टा ३१ मिनेट
अवधि
२०
कुल उपस्थित
९
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ जेठ १३

कृषि तथा प्राकृतिक स्रोत समिति को छैटौँ बैठक २०८३ जेठ १३ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई १ घण्टा ३१ मिनेट सम्म संचालन भयो। २९ मध्ये २० उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।

कार्यसूची

१) किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल,

२) विविध।

बैठक कार्यविवरण

छलफल:

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायतका विविध पक्षहरुमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेल र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका ना. प्र. का. अधिकृत श्री कुमार राजभण्डारीसँग विस्तृत छलफल भयो। उक्त बैठकमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रस्तुतिपश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:


  1. मा. ज्ञानेन्द्र सिंह महता
  2. मा. लक्ष्मी प्रसाद पोखरेल
  3. मा. राजिव खत्री
  4. मा. पूनम कुमारी अग्रवाल
  5. मा. सुजाता तामाङ
  6. मा. संतोष सुब्वा
  7. मा. के.पी. खनाल
  8. मा. सागर ढकाल
  9. मा. वसु माया तामाङ
  10. मा. प्रेम बहादुर बयक


निर्णय:

छलफलमा समितिका माननीय सदस्यहरूले उठान गर्नुभएका मुख्य मुख्य विषयहरूका आधारमा देहायबमोजिमको निर्णय गरियो:

  1. मल आपूर्तिका समस्याहरू समाधान गर्न, अध्ययन गर्न र बजारको अनुगमन गर्न "मल आपूर्ति सहजीकरण, अध्ययन तथा अनुगमन उपसमिति" गठन गरियो।
क्र.सं.पद, नाम र थर१मा. राजिव खत्री - संयोजक२मा. शम्भु प्रसाद ढकाल - सदस्य ३मा. पूनम कुमारी अग्रवाल - सदस्य४मा. संतोष सुब्वा - सदस्य५मा. जोग कुमार बरबरिया यादव - सदस्य६मा. लक्ष्मी प्रसाद पोखरेल - सदस्य७मा. ताहीर अलि भाट - सदस्य


उपस्थिति रजिष्टर

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ६ · २०८३ जेठ १३ · बिहान ९:२४ देखि बिहान १०:५५ सम्म

आजको उपस्थिति

६९% सदस्य उपस्थित

कुल २९ सदस्यमध्ये २० जना बैठकमा उपस्थित थिए र ९ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २० / २९
कुल सदस्य २९
उपस्थित २० (६९%)
अनुपस्थित ९ (३१%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य २१ उपस्थित १५ अनुपस्थित ६ प्रतिशत ७१%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित २ अनुपस्थित १ प्रतिशत ६७%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची