कृषि तथा प्राकृतिक स्रोत समिति को १७ औं बैठक २०८३ आश्विन १५ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २९ मध्ये १८ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
- कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय-समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा,
- कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय,
- विविध।
छलफल तथा निर्णय:
कृषि तथाप्राकृतिक स्रोत समितिकोआजको बैठक समितिकासभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो।कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीको समुपस्थितिमा सम्पन्न बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समयसमयमा समितिले दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्थाको बारेमा, समितिमा परेका उजुरीहरूसँग सम्बन्धित विषयमा तथा कृषि, वन तथा पर्यावरणक्षेत्रसँग सम्बन्धित अन्य विविध विषयहरूमा केन्द्रित भई कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले आफ्नो प्रस्तुतीकरण दिनुभयो। त्यसपश्चात् देहायबमोजिमका माननीय सदस्यहरूले आफ्ना धारणा राख्नुभयो:
बैठकमा रासायनिक मलको आपूर्ति, अनुदानको बढ्दो आर्थिक भार र वितरण प्रणालीका चुनौतीहरूबारे छलफल भयो। गत आर्थिक वर्षमा हालसम्मकै बढी मल आपूर्ति भए पनि डीएपी, युरिया र पोटासमा दिइने भारी अनुदानले गर्दा राज्यलाई अर्बौँको दायित्व थपिएको विषयबारे चर्चा भयो। साथै, आगामी दिनमा रासायनिक मलमाथिको निर्भरता क्रमशः घटाई प्राङ्गारिक तथा जैविक मल प्रवर्धन गर्ने नीति अवलम्बन गर्ने विषयमा छलफल केन्द्रित थियो।
त्यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को पुनर्संरचना गर्दै कृषि अनुसन्धान प्रणालीमा सुधार, नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को संशोधन, कृषि वैज्ञानिकको पलायनको प्रवृत्तिलाई रोक्ने उपाय, माटो परीक्षण उखु किसानको बाँकी अनुदानको भुक्तानी स्थानीय तहमा द्रुत रूपमा विषादी परीक्षण तथा दुग्धजन्य पदार्थको अभाव हटाउने जस्ता विषयहरूमा बैठकमा छलफल भयो।
अन्त्यमा नीतिगत तथा कानुनी सुधारका साथै अन्तर-मन्त्रालय सहकार्यको आवश्यकता औँल्याउँदै मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली, COP31 को तयारी, र कृषि कर्जा तथा बिमामा देखिएका जटिलता समाधान गर्न जोड दिइयो। कृषिलाई उद्योगसँग जोड्न, काठ तथा बाँसको व्यावसायिक खेती प्रवर्धन गर्न र समग्र कृषि क्षेत्रलाई व्यवस्थित बनाउन मन्त्रालयले गरिरहेको कानुन संशोधन तथा निर्माण प्रकृयाका सम्बन्धमा पनि बैठकमा छलफल गरियो।
कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १७ · २०८३ आश्विन १५ · बिहान ८:०० देखि बिहान ११:०० सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये १८ जना बैठकमा उपस्थित थिए र ११ जना अनुपस्थित थिए।