कृषि तथा प्राकृतिक स्रोत समिति को ९ औं बैठक २०८३ श्रावण १ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ५ घण्टा ३० मिनेट सम्म संचालन भयो। २९ मध्ये १४ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
- कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल,
- आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन र दीर्घकालीन रणनीति बारे छलफल,
- विविध।
कृषि तथाप्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकको पहिलो सत्रमा समितिको कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल भयो। यस सत्रमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव श्री राजेन्द्र के.सी.को प्रस्तुतिपश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:
यसैगरी, बैठकको दोस्रो सत्रमा आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन र दीर्घकालीन रणनीति बारे छलफल भयो। यस सत्रमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक श्री विष्णु प्रसाद पोखरेल र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत श्री संकेत भट्टराईको प्रस्तुतिपश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो: