कृषि तथा प्राकृतिक स्रोत समिति को सातौँ बैठक २०८३ असार ५ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई १ घण्टा १३ मिनेट सम्म संचालन भयो। २९ मध्ये १७ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
१) कृषि तथा प्राकृतिक स्रोत समिति कार्यविधि, २०८३ को मस्यौदा सम्बन्धी छलफल तथा अनुमोदन,
२) विविध।
छलफल तथा निर्णय:
कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा माननीय सदस्यहरु बीच छलफल भई देहाय बमोजिमको निर्णय भयो :-
- कार्यविधि मस्यौदा उपसमितिबाट पारित कृषि तथा प्राकृतिक स्रोत समितिको कार्यविधि, २०८३ यस उपसमितिका संयोजकबाट प्रस्तुत भई विस्तृत छलफल पश्चात् पारित भयो।
- कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमितिका संयोजक माननीय सुजाता तामाङले मिति २०८३/०३/०३ कृषि अनुसन्धान केन्द्रमा गरिएको भ्रमण सम्बन्धमा जानकारी गराई अझ विस्तृत अध्ययनका लागि अनुगमन अध्ययन भ्रमण गर्न आवश्यक रहेको जानकारी गराउनु भयो र सो आधारमा देहायको निर्णय भयो।
- मिति २०८३ असार १७ गते देखि २० गते सम्म नेपालको पूर्व र पश्चिममा रहेका कृषि अनुसन्धान केन्द्रहरू र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमहरुको अनुगमनका लागि समितिका माननीय सदस्य र कर्मचारीको टोली बनाई स्थलगत अध्ययन, निरिक्षण तथा अनुगमन गर्ने।
- अनुगमन भ्रमणको उद्देश्य देहाय बमोजिम रहने:
- नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत सञ्चालित अनुसन्धान केन्द्र, राष्ट्रिय अनुसन्धान कार्यक्रम तथा अनुसन्धान प्रणालीको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आवश्यक सुधारका विषयमा स्थलगत अध्ययन गर्ने।
- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गत सञ्चालन भएका सुपरजोन, जोन, ब्लक, कृषि उद्यम तथा प्रशोधन उद्योगहरूको कार्यसम्पादन, उपलब्धि तथा प्रभावकारिताको अध्ययन गर्ने।
- कृषि अनुसन्धान, कृषि विस्तार सेवा, निजी क्षेत्र तथा कृषकबीचको समन्वयको अवस्था मूल्याङ्कन गर्ने।
- अनुसन्धानबाट विकसित प्रविधिको कृषकस्तरसम्मको पहुँच, उपयोग तथा प्रभावको अध्ययन गर्ने।
- कृषि अनुसन्धान प्रणालीको पुनर्संरचना, संस्थागत सुदृढीकरण तथा नीतिगत सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्ने।
- सम्बन्धित निकायका पदाधिकारी, अनुसन्धानकर्ता, कृषि प्राविधिक, कृषक, सहकारी संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी प्रतिवेदनका लागि वस्तुगत तथ्य तथा सुझाव सङ्कलन गर्ने।
- समितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरियो।
कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ७ · २०८३ असार ५ · दिउँसो ३:०२ देखि साँझ ४:१५ सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये १७ जना बैठकमा उपस्थित थिए र १२ जना अनुपस्थित थिए।