कृषि तथा प्राकृतिक स्रोत समिति को आठौँ बैठक २०८३ असार २५ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई २ घण्टा २० मिनेट सम्म संचालन भयो। २९ मध्ये १८ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
१) नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा,
२) विविध।
छलफल:
कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा समितिको संसदीय अनुगमन टोलीद्वारा नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (NAMP) अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमहरुको समीक्षा लगायतका विविध पक्षहरुमा विस्तृत छलफल भयो। उक्त बैठकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक श्री हिक्मत श्रेष्ठ र नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठका प्रस्तुतिपश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:
निर्णय:
छलफलमा समितिका माननीय सदस्यहरूले उठान गर्नुभएका मुख्य मुख्य विषयहरूका आधारमा देहायबमोजिमको निर्णय गरियो:
- राष्ट्रिय कृषि अनुसन्धान परिषद्लाई आवश्यक नीतिगत तथा प्रणालीगत सुधारका सम्बन्धमा सुझाव दिने सम्बन्धमा गठित "कृषि, अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति, २०८३" को कार्यवधि समाप्त भएको मितिदेखि लागू हुने गरी थप ६ महिनाका लागि थप गर्ने।
कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ८ · २०८३ असार २५ · बिहान ८:१५ देखि बिहान १०:३५ सम्म
आजको उपस्थिति
कुल २९ सदस्यमध्ये १८ जना बैठकमा उपस्थित थिए र ११ जना अनुपस्थित थिए।