संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ३४१ औं बैठक २०८३ भाद्र २ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये १० उपस्थित
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठक समितिका सभापति मा. जयन्ती देवी राईज्यूको सभापतित्वमा बस्यो। बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।
सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा
आज मिति २०८३/०५/०२ गते मंगलबार समितिका माननीय सभापति जयन्ती देवी राईको सभापतित्वमा बैठक बस्यो। बैठकमा समावेशी समानुपातिक विषयका सम्बन्धमा विषय विज्ञहरु डा. पासाङ शेर्पा, डा. प्रतिमा गुरुङ र श्री शैलेन्द्र प्रसाद हरिजनले सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा आ-आफ्ना धारणा राख्नुभयो।
निर्णयः
१. सरकारले नियुक्त गर्ने पदाधिकारीहरु सामाजिक न्याय, समानुपातिक प्रतिनिधित्व र समावेशीताका आधारमा गर्नुपर्ने विषयमा गम्भिर छलफल भयो।
(कान्छा दुलाल) (जयन्ती देवी राई)
समिति सचिव सभापति