नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठनमार्फत राजनीतिक संलग्नता रहँदै राष्ट्रिय युवा संघ नेपालमा वडा सदस्य, अनेम संघ नगर कमिटीमा नगर सदस्यका रूपमा भूमिका निर्वाह। लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा केन्द्रीय सदस्य तथा सचिवालय सदस्यका रूपमा संलग्नता। साथै, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता माननीय केपी शर्मा ओलीको स्वकीय सचिव तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सह-सचिवका रूपमा कार्य अनुभव।
अघिल्लो अनुभव
श्री अमर प्रा.वि.मा निजी शिक्षिका तथा समुदायमा आधारित बाल विकास केन्द्र सञ्चालनमा संलग्नता। कानुन व्यवसायीको रूपमा अभ्यास। साथै, समुदायमा आधारित कानुनी प्रशिक्षण, महिला हिंसा सम्बन्धी तालिम तथा जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षणमा सहभागिता तथा सहजीकरण।
संघ संस्थागत संलग्नताअन्तर्गत मेचे महिला उत्थान संघको केन्द्रीय अध्यक्ष, नेफिन जेप समूह सहयोगी, मेचे समाज शिवियारी आफातको केन्द्रीय सदस्य तथा झापा जिल्ला नेफिनको जिल्ला संयोजक । नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग प्रमुख, नेफिन आरआरआई परियोजना संयोजक र नेफिन Climate Change UN Women परियोजना संयोजक । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको सदस्य, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको संघीय परिषद् सदस्य तथा गोरखापत्र संस्थानको 'नयाँ नेपाल पृष्ठको मेचे भाषा संयोजक ।
हालको आबद्धता
कानुन व्यवसायीका रूपमा अभ्यास तथा राष्ट्रिय आदिवासी जनजाति महासंघमा आबद्धता।
प्रकाशनहरू
गोरखापत्र संस्थानद्वारा सञ्चालित 'नयाँ नेपाल पृष्ठमा मातृभाषामा लेखन। गोरखापत्र संस्थानद्वारा प्रकाशित सांस्कृतिक पुस्तकहरूमा लेख प्रकाशन। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित 'नेपालका जातीय संस्कार पुस्तकमा 'मेचे जातिको सामाजिक संस्कार शीर्षकमा लेख प्रकाशन तथा 'जातिरि पत्रिकामा मेचे भाषामा लेखहरू प्रकाशन।
त्यसैगरी, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मातृभाषा कविता संग्रहमा मेचे भाषाको कविता (पदम राई) तथा 'म मेचे नारी शीर्षकको कविता प्रकाशन। साथै, गोरखापत्रद्वारा प्रकाशित 'सांस्कृतिक सौरभ पुस्तकमा 'माखाल प्रणाली सम्बन्धी लेख प्रकाशन।
पुरस्कार तथा सम्मान
श्री बलभद्र जनता माध्यमिक विद्यालयद्वारा राष्ट्रिय सभा सदस्य निर्वाचित भएको अवसरमा सम्मान। बोडो राइटर एकेडेमी, आसामद्वारा प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक मेचे समुदायबाट स्वकीय सहसचिवको रूपमा नियुक्त भएकोमा सम्मान।
थप जानकारी
भ्रमण: भारत, थाइल्यान्ड, फिलिपिन्स र चीन
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
भोटेकोशी बाढी अध्ययन उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति · सामाजिक न्याय उपसमिति
समिति सदस्यता३ सक्रिय
भोटेकोशी बाढी अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
सामाजिक न्याय उपसमिति
राष्ट्रिय सभा
संयोजक
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९६%४९ बैठक मध्ये
४९कुल बैठक
४७उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८३%२३ बैठक मध्ये
२३कुल बैठक
१९उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको