बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
११
औं बैठक
समिति
६२%
उपस्थिति
उपस्थिति
२९ मध्ये १८ उपस्थित
२०८३ श्रावण २८
बैठक मिति
५ घण्टा
बिहान ११:०० बजे – साँझ ४:०० बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ११

२०८३ श्रावण २८
५ घण्टा
सम्पन्न
५ घण्टा
अवधि
१८
कुल उपस्थित
११
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २८

कृषि तथा प्राकृतिक स्रोत समिति को ११ औं बैठक २०८३ श्रावण २८ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ५ घण्टा सम्म संचालन भयो। २९ मध्ये १८ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।

कार्यसूची
  1. जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल
  2. विविध।
बैठक कार्यविवरण

कृषि तथाप्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता लगायतका विविध पक्षहरुमा भूमि सेवा नेटवर्क, पोखराका प्रबन्ध निर्देशक श्री मदन पौडेल, नेक्सस अफ रिसर्च एण्ड ईन्नोवेशन (निरी), पुल्चोकका अनुसन्धानकर्ता श्री जगन्नाथ काफ्ले, कृषि अनुसन्धान निर्देशनाल, लुम्ले, कास्कीका वरिष्ठ माटो वैज्ञानिक (S3) डा. रोशन बाबु ओझा र माटो तथा मल परीक्षण प्रयोगशाला, सप्तरीका माटो विज्ञ श्री सन्देश सुवेदीसँग विस्तृत छलफल भयो। छलफलमा देहायबमोजिमका माननीय सदस्यहरुले आ-आफ्ना धारणा राख्नुभयो:


  1. मा. गंगालक्ष्मी अवाल
  2. मा. के.पी. खनाल
  3. मा. लक्ष्मी प्रसाद पोखरेल
  4. मा. पूनम कुमारी अग्रवाल
  5. मा. प्रेम बहादुर बयक
  6. मा. चन्देश्वर मण्डल
  7. मा. जोग कुमार बरबरिया यादव
  8. मा. समिना मिया
  9. मा. सुजाता तामाङ
  10. मा. कोमल ज्ञवाली
  11. मा. गीता कुमारी सेन्दाङ
  12. मा. वसु माया तामाङ
  13. मा. सुरेश कुमार चौधरी
  14. मा. जनक सिंह धामी
  15. मा. सागर ढकाल


छलफलपछि समितिले देहाय अनुसारको निर्णय गर्‍यो:

  1. आगामी वर्षहरूमा रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै जैविक र प्राङ्गारिक मलको उपयोगतर्फ कृषकहरूलाई आकर्षित गर्दै जाने नीति अवलम्बन गर्ने,
  2. अर्को बैठकमा जैविक तथा प्राङ्गारिक मल उत्पादकहरूसँग हाल उत्पादन भइरहेको जैविक तथा प्राङ्गारिक मलको परिमाणले रासायनिक मलको प्रयोगमा कति प्रतिशत कमी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने।


उपस्थिति रजिष्टर २९ मध्ये १८ उपस्थित
२९
कुल सिट
१८
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
६७%
राष्ट्रिय स्वतन्त्र पार्टी
५७%
राष्ट्रिय प्रजातन्त्र पार्टी
०%