कृषि तथा प्राकृतिक स्रोत समिति को १० औं बैठक २०८३ श्रावण २० मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २९ मध्ये २१ उपस्थित
सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।
- समितिमा प्राप्त उजुरीका सम्बन्धमा आन्तरिक छलफल,
- विविध।
कृषि तथाप्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा समितिको आन्तरिक कार्यविधि, २०८३ मा व्यवस्था भए बमोजिमको बैठक कार्यव्यवस्था परामर्श समितिको गठन सम्बन्धमा, समितिमा परेका उजुरी तथा निवेदनहरूका सम्बन्धमा, समितिको चालु आ.व.को बजेट तथा कार्यक्रम सम्बन्धमा र भुटानको थिम्पुमा यही २०८३ साल भाद्र १०-११ तदनुसार अगष्ट २६-२७, २०२६ सम्म आयोजना हुन गइरहेको Hindu Kush Himalaya Parliamentarians' Meet (HKH-PM) मा सहभागिताका लागि प्राप्त निमन्त्रणाका सम्बन्धमा छलफल भयो। छलफलमा देहायबमोजिमका माननीय सदस्यहरुले आ-आफ्ना धारणा राख्नुभयो:
- मा. सागर ढकाल
- मा. राजिव खत्री
- मा. जनक सिंह धामी
- मा. ज्ञानेन्द्र सिंह मेहता
- मा. आशिका तामाङ
- मा. उत्तम प्रसाद पौडेल
- मा. प्रेम बहादुर बयक
- मा. लक्ष्मी प्रसाद पोखरेल
- मा. सुजाता तामाङ
- मा. गंगालक्ष्मी अवाल
- मा. माधव बहादुर थापा
- मा. समिना मिया
- मा. शम्भु प्रसाद ढकाल
- मा. सुरेश कुमार चौधरी
- मा. ताहीर अलि भाट
- मा. गीता कुमारी सेन्दाङ
- मा. कोमल ज्ञवाली
छलफलपछि समितिले देहाय अनुसारको निर्णय गर्यो:
छलफलपछि समितिले देहाय अनुसारको निर्णय गर्यो:
१. कृषि तथा प्राकृतिक स्रोत समितिको कार्यविधि, २०८३ को दफा ९ बमोजिम समितिमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी देहायबमोजिमको सात सदस्यीय बैठक कार्यव्यवस्था परामर्श समिति गठन गर्ने,
क्र.सं.माननीय सदस्यको नाम, थर१मा. अशोक कुमार चौधरी (संयोजक)२मा. आशिका तामाङ (सदस्य)३मा. गंगा लक्ष्मी अवाल (सदस्य)४मा. ताहिर अलि भाट (सदस्य)५मा. प्रेम बहादुर बयक (सदस्य)६मा. लक्ष्मी प्रसाद पोखरेल (सदस्य)७मा. शम्भु प्रसाद ढकाल (सदस्य)२. कृषि तथा प्राकृतिक स्रोत समितिमा प्राप्त उजुरी तथा निवेदनहरूका सम्बन्धमा थप अध्ययन गर्नुपर्ने देखिएकोले उजुरीसँग सम्बन्धित निकायलाई पत्राचार गरी आवश्यक कागजात तथा प्रमाणहरू माग गर्ने ।
३. समितिका लागि विनियोजित कार्यक्रम तथा बजेटका सन्दर्भमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने,
४. भुटानको थिम्पुमा आयोजना हुने दोस्रो हिन्दुकुश हिमालय संसद सदस्यहरूको बैठक (2nd HKH Parliamentarians’ Meet) मा सहभागी हुन भुटानको संसदको तल्लो सदन राष्ट्रिय सभा (National Assembly) का सभामुखबाट निमन्त्रणा प्राप्त भएकोले उक्त कार्यक्रममा सहभागी हुनका लागि कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय श्री अशोक कुमार चौधरीको नेतृत्वमा समितिका अन्य ४ जना माननीय सदस्यसमेत समावेश गरी ५ सदस्यीय प्रतिनिधिमण्डलको मनोनयन गर्न सम्माननीय सभामुखज्यू समक्ष पेश गर्ने।
५. समितिको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने ।
......................................... .....................................
रेखा उपाध्याय खनाल अशोक कुमार चौधरी
समिति सचिव सभापति