संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ३४३ औं बैठक २०८३ भाद्र १८ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। १२ मध्ये १० उपस्थित
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठक समितिका सभापति मा. जयन्ती देवी राईज्यूको सभापतित्वमा बस्यो। आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा
छलफल एवं निर्णय:
आज मिति २०८३/०५/१८ गते बिहीबार समितिका माननीय सभापति जयन्ती देवी राईको सभापतित्वमा बैठक बस्यो । बैठकमा भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहतको अवस्था, पीडित नागरिकहरुलाई मनोचिकित्सकीय परामर्शको आवश्यकता लगायतको सम्बन्धमा छलफल भयो।
निर्णयः
- मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाहरुका विभिन्न क्षेत्रमा पुर्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनप्रति समिति गहिरो समवेदना व्यक्त गर्दछ।
- भोटेकोशी बाढीको अध्ययन गर्न मा. श्रीकृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा मा. विष्णु कुमारी सापकोटा र मा. रोश्नी मेचे सम्मिलित तीन सदस्यीय समिति गठन गर्ने निर्णय भयो।
(कान्छा दुलाल) (जयन्ती देवी राई)
समिति सचिव सभापति