अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति को ५ औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई १ घण्टा २० मिनेट सम्म संचालन भयो। १२ मध्ये ३ उपस्थित
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०१/०७ गतेको निर्णयानुसार गठित अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको आजको बैठक उपसमितिका संयोजक माननीय विष्णु कुमारी सापकोटाको संयोजकत्वमा बस्यो। आजको बैठकमा माननीय सदस्यहरूको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ।
आगामी कार्ययोजना सम्बन्धमा छलफल
छलफल तथा निर्णय :-
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मिति २०८३/०१/०७ को निर्णयानुसार गठित अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको आज मिति २०८३/०५/०४ गते माननीय विष्णु कुमारी सापकोटाको संयोजकत्वमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा सम्बन्धमा छलफल भयो।
- सुरक्षित. मर्यादित तथा व्यवस्थित वैदेशिक रोजगारीमा देखिएका समस्या र चुनौतीको सम्बन्धमा छलफल गर्न समितिलाई सिफारिस गर्ने।
- नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह(इपीजी) को प्रतिवेदनका सम्बन्धमा पछिल्लो प्रगति अवस्थाको बारेमा सम्बन्धित निकायसँग छलफल गर्न समितिलाई सिफारिस गर्ने।