बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१२
औं बैठक
समिति
६२%
उपस्थिति
उपस्थिति
२९ मध्ये १८ उपस्थित
२०८३ भाद्र ४
बैठक मिति
६ घण्टा
बिहान १०:०० बजे – साँझ ४:०० बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १२

२०८३ भाद्र ४
६ घण्टा
सम्पन्न
६ घण्टा
अवधि
१८
कुल उपस्थित
११
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ४

कृषि तथा प्राकृतिक स्रोत समिति को १२ औं बैठक २०८३ भाद्र ४ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ६ घण्टा सम्म संचालन भयो। २९ मध्ये १८ उपस्थित

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।

कार्यसूची


  1. नेपालमा जैविक/प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा विक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमश: घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल,
  2. विविध।
बैठक कार्यविवरण

छलफल तथा निर्णय:

कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठक समितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा नेपालमा जैविक/प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा विक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमश: घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल भयो। छलफलमा देहायबमोजिमका संघ/संस्थाका प्रतिनिधिहरुले आ-आफ्ना प्रस्तुतीकरण राख्नुभयो:

१आरम्भ कृषि उद्यम प्रा. लि., मोरङ२कुन्जना एग्रो एण्ड पौल्ट्री सप्लिमेन्ट प्रा. लि., माछापुच्छ्रे, कास्की३गोरखकाली वायोचार उद्योग प्रा. लि., गोरखा४ग्रो मोर फर्टिलाइजर प्रा. लि., रुपन्देही५हाम्रो उन्नत प्राङ्गारिक मल उद्योग, उर्लाबारी, मोरङ६एशिसिएसन अफ एग्रिकल्चरल टेक्नोलोजी इन्डस्ट्री नेपाल (आटी), काठमाडौं७क्याप्टेन फार्म प्रा. लि., वीरगंज महानगरपालिका २४, पर्सा८थ्रीस्टार प्राङ्गारिक जिवाणु मल प्रा. लि., लालबन्दी १, सर्लाही९उचित जैविक उद्योग प्रा. लि., गोदावरी, ललितपुर१०अर्गेनिक बायो फर्टिलाइजर प्रा. लि., चितवन११ग्रिन नेपाल, पोखरा, कास्की१२तिलोतमा अर्गानिक फर्म एण्ड रिसर्च सेण्टर प्रा. लि., तिलोतमा, रुपन्देही१३ग्रिन नेपाल मल्टिपर्पोज प्रा. लि., सल्यान१४कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रा. लि., चितवन१५माटो पसल प्रा. ली., काठमाडौं१६हाई हिमालयन अर्गानिक प्रा. लि., विर्तामोड २, झापा१७तारकेश्वर एग्रो सेन्टर, जितपुरफेदी, काठमाडौं१८किसान स्मार्ट कन्ट्रयाक फार्मिङ् नेपाल प्रा. लि., इटहरि १६, सुनसरी१९अदिति एग्रो प्रा. लि., इटहरि, सुनसरी२०केशवराज काफ्ले कृषि विज्ञ


त्यसैगरि, मल उत्पादक संस्थाहरूको प्रस्तुतीकरण पश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आ-आफ्ना धारणा राख्नुभयो:


मा. राजिव खत्री

मा. सुजाता तामाङ

मा. पूनम कुमारी अग्रवाल

मा. जनक सिंह धामी

मा. माधव बहादुर थापा

मा. जोग कुमार बरबरिया यादव

मा. ज्ञानेन्द्र सिंह महता

मा. प्रेम बहादुर बयक

मा. समिना मिया




छलफल:

जैविक/प्राङ्गारिक मलको उत्पादन, भण्डारण तथा विक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोगमा क्रमश: न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल भयो।


निर्णय:

रासायनिक मलको विकल्पको रूपमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको सम्भाव्यताका विषयमा आवश्यक छलफल गर्न अर्थ मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्डको कार्यालयलगायत अन्य सरोकारपक्षहरूलाई समितिको बैठकमा आमन्त्रण गरी छलफल गर्ने निर्णय गरियो।

उपस्थिति रजिष्टर २९ मध्ये १८ उपस्थित
२९
कुल सिट
१८
कुल उपस्थित
११
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
५७%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%
राष्ट्रिय प्रजातन्त्र पार्टी
०%