गठन मिति: २०८२ चैत २७ गते
प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुर्याउन सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने प्रतिनिधि सभा नियमावली, २०८३ मा व्यवस्था गरिएको छ। नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन नियम १७३ बमोजिम दशवटा विषयगत समिति रहेका छन् जस मध्ये अर्थ समिति एक महत्त्वपूर्ण समिति हो। नियमावलीको व्यवस्था बमोजिम यस समितिको कार्यक्षेत्र देहायबमोजिम रहेको छ:
१. अर्थ मन्त्रालय,
२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
३. लगानी वोर्ड,
४. राष्ट्रिय योजना आयोग,
५. सम्बद्ध विषय तथा निकाय ।