संसदीय सुनुवाइ समिति (संयुक्त) को १० औं बैठक २०८३ श्रावण १२ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा सुरु भई ४ घण्टा ४५ मिनेट सम्म संचालन भयो। १५ मध्ये ११ उपस्थित
समितिको आजको बैठक समितिका सभापति माननीय बोध नारायण श्रेष्ठको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरुको उपस्थिति देहाय बमोजिम रहेको छ ।
(१) निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरू श्री गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने ।
(२) विविध ।
(१) समितिको आजको बैठकमा संवैधानिक परिषद्को मिति २०८३ असार १९ को निर्णयानुसार निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरू क्रमशः श्री गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौंलाई समितिमा आमन्त्रण गरी प्रस्तावित पदका सम्बन्धमा योग्यता, अनुभव, अवधारणा तथा कार्ययोजनाका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम छलफल तथा सुनुवाइ गर्ने कार्य सम्पन्न गरियो।
(२) समितिको अर्को बैठक मिति २०८३ साउन १३ गते बिहान ११:१५ बजे बस्ने गरी आजको बैठक स्थगित भयो ।